समाचार

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाई हुने

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको आठौँै दिनमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता मेघराज पोखरेलले बहस गरे वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानमा विघटन गर्ने व्यवस्था नभएको तर्क प्रस्तुत गरे । बिघटित प्रतिनिधिसभाका सांसद देवप्रसाद गुरुङ,… पुरा पढौ

स्याङ्जामा कोरोना भाइरस विरुद्धको खोप जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्त्रण

स्याङ्जा । भारत सरकारले सहयोगस्वरुप उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप सोमबार स्याङ्जा पुगेको छ । भारतले केही दिन पहिले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप प्रदेश सरकार हुँदै आज स्याङ्जा पुगेको हो । सोमबार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले प्रदेश सरकार हुँदै प्राप्त १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गरे । सो खोप पहिलो चरणमा सरकारी निति अनुसारस्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने… पुरा पढौ

तनहुँमा २० हजार मतदाता थप

तनहुँ । तनहुँ मा २० हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार ३९६ मतदाता थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् । “यसबीचमा २० हजार २४ मतदाता थपिएको अवस्था छ, अद्यावधिक सकेपछि वास्तविक मतदाता पहिचान हुनेछन्”, निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले भने । तनहुँमा गत निर्वाचनमा दश… पुरा पढौ

‘प्रधानमन्त्रीलाई काम गर्नबाट बाधक बनायो’ : सचेतक अधिकारी

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले ठूला–ठूला सपना देखेर विकास गर्दै अघि बढिरहेका प्रधानमन्त्रीलाई विकास गर्न नदिने खेल खेल्दै मुलुक समृद्धको बाधक बनेको बताएका छन् । नेकपा बेँसीशहर नगर कमिटीद्वारा बेँसीशहरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विश्वासको मत ल्याएर मुलुकको तीव्र विकास गरिरहेका केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै देश सङ्कटतर्फ धकल्नका लागि प्रचण्डले ठूलो भूमिका खेलेकाले अहिलेको स्थिति पैदा भएको आरोप लगाए । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मदनभण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी… पुरा पढौ

कास्की–३ मा राप्रपाको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मिति नजिकिंदै गर्दा विभिन्न तहका भेला तथा छलफलहरु आयोजना हुन थालेका छन् । यसै क्रममा कास्की क्षेत्र नम्बर ३ मा सोमबार क्षेत्रिय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै भेलाले अधिवेशन सम्पन्न गर्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ । राप्रपा केन्द्रिय सदस्य कुलबहादुर गुरुङ्ग ‘कुलु’को प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य शिवकुमार बाँस्तोला, बरुण विक्रम राणा, गण्डकी प्रदेश सह–सचिव भिम भण्डारी,… पुरा पढौ

नयाँसडक सुधार समिति द्धारा प्रहरी बिट हस्तान्तरण

पोखरा । पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका थिए । भने समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी बिट हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको बेलामा प्रहरीलाई डियूटिमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा नयाँसडक… पुरा पढौ

न्युरो सम्बन्धी रोगबाट ग्रसित तामाङलाई युनाईटेडको सहयोग

पोखरा । युनाईटेड क्लव पोखराले आफ्नो सामाजिक काम अन्तर्गत न्युरो सम्बन्धी रोगबाट ग्रसित विरामीको उपचारका लागि एक ब्याक्तिलाई आर्थिक सहयोग गरेको छ । मकवानपुर जिल्ला हेटौडा घर भइ हाल पोखरा बस्दै आएका मिलन बल तामाङलाई नगद २५ हजार प्रदान गरिएको हो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ सहितका पदाधिकारीहरुले उक्त रकम लामो समयदेखी न्युरो सम्बन्धि रोगबाट ग्रसित तामाङलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापनाकालदेखीनै सामाजिक काममा अगाडि वढिरहदा स्थापनाकालदेखीनै विभिन्न रोगबाट… पुरा पढौ

लेउवा संघको स्वागत तथा छलफल

पोखरा । ईलाका प्रहरी कार्यालय डाँडाकोनाकमा सरुवा भई आउनु भएका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासैनीले शान्ति सुरक्षा बिना कुनै पनि किसिमका आर्थीक क्रियाकलाप अगाडी वढ्न नसक्ने बताउनु भएको छ । लेखनाथ उद्योग बाणिज्य संघले सोमबार राखेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दैे प्रहरी नायब उपरीक्षक मरासैनीले जाहाँ अशान्ति हुन्छ त्यहाँ कुनै प्रकारका उद्योग कलकारखाना संचालनमा बाधा ब्यवधानहरु सृजना हुने भएकाले ब्यवसायीमा शान्ति सुरक्षाको प्रत्याभुती गराउन आफु तयार रहेको प्रतिवद्धता जनाउनु भएको हो । लेखनाथ क्षेत्रको शान्ति सुरक्षामा कुनै किसिमको कमि आउन… पुरा पढौ

गण्डकी प्रदेशका ४४५ जना आइसोलेसनमा, कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ४ सय नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा सोमबारसम्म ४४५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । तिमध्ये ४१७ जना होम आइसोलेसनमा छन् । निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा २९४ जना आइसोलेसनमा छन् । त्यस्तै लमजुङमा ३०, तनहुँमा ३३, नवलपुर बर्दघाट सुस्ता पूर्वमा १६, स्याङ्जामा १२, पर्बतमा १४, बाग्लुङमा ३४, म्याग्दीमा १२, जना आइसोलेसनमा छन् । निर्देशनालयका अनुसार गोरखा, मनाङ र मुस्ताङमा भने शून्य संक्रमित छन् ।पछिल्लो २४ घण्टामा आइसोलेसनमा रहेका ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्… पुरा पढौ

माघको अन्तिम साताबाट टाइगर कप राष्ट्रिय च्याम्पियनसिप हुने

पोखरा । पोखरामा माघको अन्तिम साताबाट टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघको २७ गतेबाट पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले पोखरामा सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागिय क्लव सशस्त्र प्रहरी बल काठमाण्डौंको महिला तथा पुरुष, त्रिभूवन आर्मी क्लव काठमाण्डौंको महिला तथा पुरुष, नेपाल प्रहरी, काठमाण्डौंको महिला तथा पुरुष, न्यू डायमण्ड एकेडमी, काठमाण्डौंको महिला टोली… पुरा पढौ