समाचार

माविमा छैन दरबन्दी

बागलुङ। माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताउनुभयो । “न्यून… पुरा पढौ

रु ४०० ले उकालो लाग्यो सुन

काठमाडौँ। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण… पुरा पढौ

डिभिजन वन तनहुँद्वारा पाँच पक्राउ

तनहुँ। डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । त्यसैगरी गैँडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहादुर गुरुङ र विमल… पुरा पढौ

नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

गलकोट।बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई… पुरा पढौ

भारतमा ५५ वर्षपछि पहिलो पटक प्रमुख अतिथि बिनै गणतन्त्र दिवस मनाइदैँ, परेडको मात्रै आयोजना

भारतमा आज (मंगलबार) ७२ औं गणतन्त्र दिवस मनाइँदैछ। दिवसको अवसरमा त्यहाँ आज परेडको आयोजना गरिएको छ। कोरोनाका कारण परेडको स्थिती फेरिनेछ। ५५ वर्षको पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती हुनेछैन। यसअघि, भारतमा सन् १९५२, १९५३ र १९६६ मा पनि गणतन्त्र दिवसका बेला कोही प्रमुख अतिथिको उपस्थिती थिएन। यस वर्षको कोरोना महामारी कारण भारतको गणतन्त्र दिवसमा विगतको भन्दा केही परिवर्तन देखिनेछ। परेडमा समावेश हुने झाँकीको संख्या ७० बाट घटाएर ३२ गरिएको छ। यीमध्ये १७ झाँकी राज्य र केन्द्र शासित… पुरा पढौ

राष्ट्रिय महिला लिग फुटवलः चन्द्रपुरले निकाल्यो सनसनीपूर्ण जित

चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार सनसनीपूर्ण पहिलो जत निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो। चन्द्रपुरको जीतमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दीलकुमारी राना मगर र सनिता भोलानले एकरएक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन्। ह्याट्रिक पूरा गरेकी सविताले ५१ औं, ६९ औं र ७८ औं मिनेटमा गोल गरेकी थिइन् ।… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा ३ विभागीय क्लबसहित बागमती प्रदेशले फाइनलका लागि खेल्नेछन्। अन्तिम ४ मा स्थान बनाएको एपीएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, आर्मीले बागमती प्रदेशसँग भिड्नेछ । बुधबार पहिलो सेमिफाइनल खेल कीर्तिपुर मैदानमा एपीएफ र पुलिसबीच हुनेछ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि… पुरा पढौ

पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने

आगामी वर्ष कास्कीको पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो। एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ। वागमती प्रदेशबाट ४, प्रदेश १ र गण्डकी प्रदेशबाट २÷२, प्रदेश–२, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। लिगका लागि प्रदेश नं १ को… पुरा पढौ

शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन्। विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेकाले शीतयुद्ध नगर्न चेतावनी दिएका हुन्। उनले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताए। राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अस्थित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको बढ्दो प्रभावलाई रोक्न विश्व संगठनहरुलाई पुर्जीवित… पुरा पढौ

घोषणा गरेकै समयमा चुनाव हुने छ : प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट गरे । सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उनले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै… पुरा पढौ