समाचार

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका… पुरा पढौ

नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ – उपसभामुख शर्मा

गण्डकी। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ जोडिनुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता आँल्याउनुभयो । महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा नहुने भन्दै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो । संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितता गरेकाले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिला… पुरा पढौ

१९ वर्षीया सृष्टि भारतको उत्तराखण्डमा एक दिने मुख्यमन्त्री बनिन्

भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ। सृष्टिलाई २४ जनवरीका दिन हिँजो (आइतबार) राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो। उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित यस कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चलेको थियो। रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसअघि, सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो।… पुरा पढौ

महिला लिग: वालिङमाथि आर्मीको पनि सहज जित

महिला राष्ट्रिय फुटबल लिगमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिका स्याङ्जालाई ७–० गोलको जित निकालेको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन्। खेलको १५ औं मिनेटमा गोलको खाता खोलेकी बिमलाले ६६ र ७५ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन्। दीपा राईले २८ मिनेटमा दोस्रो गोल गर्दा शर्मिला थापाले पहिलो हाफ सकिनुअघि तेस्रो गोल गरिन्। यस्तै, हेमा चौधरीले ८९ मिनेटमा छैटौं गोल गरिन्। भुजाङ्गा राईले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन्। पहिलो खेलमा आर्मी… पुरा पढौ

होबार्टको जित, सन्दीपले लिए २ विकेट

होबार्ट हरिकेन्सले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ। मेलबर्नमा आइतबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले सिड्नी सिक्सर्सलाई ७ रनले हराएको हो। उक्त खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछनेले २ विकेट लिए। सन्दीपले २४ रन खर्चिएर २ विकेट लिएका हुन् । जारी बिग बास लिगमा सन्दीपले हालसम्म ८ विकेट लिईसकेका छन् । उनीसँगै, होबार्टका नाथन एलिसले ३ विकेट लिए। त्यस्तै, स्कट बोलाण्डले पनि २ विकेट लिए।होबार्टले दिएको १ सय ८९ रनको लक्ष्यसहित… पुरा पढौ

महिला लिगः सावित्राको ह्याट्रिक मद्दतमा विभागीय एपीएफको सहज जित

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफले विराटनगर महानगरपालिकालाई हराउँदै लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफकी सावित्रा भण्डारीले ४ गोल गोल गरिन्। सावित्राले खेलको २५, ४२, ७४ र ८९ औँ मिनेटमा गोल गरिन्। प्रतियोगितामा सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो। यस्तै, एपीएफका लागि अनिता केसीले २ तथा सरु लिम्बुले १ गोल गरिन्। जितसँगै एपीएफले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो। विराटनगरको दुई खेलबाट १ अंक छ। पहिलो… पुरा पढौ

करारमा नियुक्त हुँदैछन् त्रिविका आंशिक प्राध्यापकहरु

त्रिभुवन विश्वविद्यालय मातहतका आंशिक प्राध्यापकहरु शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी नियुक्त हुँदैछन्। त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक संघसँगको सहमति कार्यान्वयनका लागि आंशिक प्राध्यापकहरुको व्यवस्थापन र नियुक्तिको प्रक्रिया सुरु गरेको हो। त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाएका हुन्। सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउनेगरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देशन गरेको हो। गएको पुस २४… पुरा पढौ

कोरोनाका कारण विदेशमा थप ९ नेपालीको निधन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विदेशमा थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५३ हजार… पुरा पढौ

तमु भाषाका आदिकवि हर्क गुरुङको शालिक अनावरण

स्याङ्जा । तमु भाषाका आदिकवि स्व. हर्क बहादुर गुरुङको शालिक स्याङ्जाको फेदीखोलामा आइतबार एक कार्यक्रमका विच अनावरण गरिएको छ । स्वर्गिय गुरुङको ८४ औं जन्म जयन्तीका अवसरमा उनकै जन्मस्थान फेदीखोला गाउँपालिकाको साल्मेडमा शालिक अनावरण गरिएको हो । तमु आदिकावि स्व. हर्क बहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदिखोला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रि किरण गुरुङले शालिक अनावरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तमु भाषामा गीत लेखन, गायनका सुत्रधार स्व. गुरुङको प्रकाशित, अप्रकाशित कृतिको संरक्षणका साथै… पुरा पढौ

ओलीलाई पार्टी सदस्यबाट पनि हटाउने नेकपा माधव–प्रचण्ड समूहको निर्णय

काठमाण्डौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गरी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको उनले बताए । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय… पुरा पढौ