समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको… पुरा पढौ

कांग्रेस सरकारमा जाँदैन : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग आज चितवनमा कुराकानी गर्नुहुँदै उनले भने, “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो । उनले भने “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उनले अहिले कांग्रेस… पुरा पढौ

नेपालमा ४३०१ जना कोरोना भाइरस संक्रमित आइसोलेसनमा

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई ६६ हजार ८१६ पुगेको छ । सोही अवधीमा ३९० निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्य निको हुने… पुरा पढौ

भूकम्पको क्षतिलाई सरकारले बदलिरहेको र दत्तचित्त भएर पुनर्निर्माणलाई अन्तिम चरणमा पु¥याएको छःप्रम

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । उनले यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताए । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजित २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा… पुरा पढौ

पोखराबाट गाँजासहित एक जना पक्राउ

पोखरा । पोखराबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका–८ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका वडा नं ११ पूmलबारी बस्ने १९ वर्षिय सनम लिम्बुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लिम्बुको कोठामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा ५०० ग्राम गाँजा सहित पक्राउ पुस मसान्तमा गरिएको हो । पक्राउ परेका लिम्बुलाई लागूऔषध सम्बन्धी कसूर अन्र्तगत थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए… पुरा पढौ

पोखरा क्षेत्रीय- अन्तर्राष्ट्रिय विमानस्थलप्रति पोउवा संघको चासो

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति चासो देखाएको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पुगेको प्रतिनिधिमण्डलले निर्माण प्रगति,त्यसको अवस्थाबारे जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । उनका अनुसार प्रतिनिधिमण्डलाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनियर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विमानस्थल निर्माणको लागि पोखरा उद्योग वाणिज्य संघले २०३३ सालदेखि गरेको पहलदेखि रिले अनसनसम्मका प्रसंग स्मरण… पुरा पढौ

पत्रकार महासंघ कास्कीको साधारण सभामा अग्रज पत्रकार कार्की र ज्ञवालीसहित ९ पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभाको अवसरमा ९ पत्रकार सम्मानित भएका छन् । महासंघ कास्कीको शुक्रबार पोखरामा भएको साधारण सभाको अवसरमा अग्रज पत्रकार नारायण कार्कीसहित ९ जना पत्रकार सम्मानित भएका हुन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत रहेका अग्रज पत्रकार नारायण कार्की कीर्ति पत्रकारिता सम्मानबाट सम्मानित भए । १ लाख १ १ हजार १ सय ११ रुपैयाँ राशीसहित उनी दोषल्ला र ताम्रपत्रले सम्मानित भए । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौँ।प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताउनुभएको छ । “११ जनाको इजलासमा जाने कानूनी व्यवस्था छैन । संविधानले संवैधानिक इजलासकै परिकल्पना गरेको छ । पहिला ११ जना न्यायाधीशकै इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा हेरिएको थियोे । अहिले भने नयाँ संविधान आएको छ”, अदालतका सहयोगी मैनालीले भन्नुभयो । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानले दिएको… पुरा पढौ

तङ्ग्रिदै पोखराको पर्यटन

कास्की। राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँदीको घेरा झै अग्ला हिमशुङ्खलाको दृश्यले त झनै जोकोहीलाई मोहित तुल्याउँछ । अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा जति प्राकृतिक र भौगोलिक विविधतायुक्त छ, त्यत्तिकै जातजातिको बासस्थन, रैथाने परिकार, वेषभूषा, आतिथ्य सत्कार आदिले पोखराको पर्यटनलाई विश्व बजारसम्म फैलाएको छ । त्यसैले वर्षेनी लाखौँ सङ्ख्यामा स्वदेशी तथा… पुरा पढौ

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडौँ। जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ । चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका… पुरा पढौ