समाचार

नेकपाका दुवै पक्षका मागदाबी निर्वाचन आयोगद्वारा अस्विकार

काठमाण्डौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नदेखिएको आयोगका एक आयुक्तले जानकारी दिए । आयोगले नेकपाको प्रचण्ड-नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ । यो निर्णयसँगै नेकपा विभाजन पनि… पुरा पढौ

गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन

काठमाण्डौ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ । विभागले आज पत्रकार सम्मेलनमार्फत उक्त प्रणाली झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ । गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वैशाखमा निर्वाचन भए पनि त्यसले जनगणनालाई धेरै असर नगर्ने… पुरा पढौ

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०।२० अङ्कको वृद्धि भई दुई हजार ४२४।८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६।४७ ले वृद्धि भई ४५२।०६ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर रु नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० मा कारोबार भयो… पुरा पढौ

जुम्ला उवा संघको प्रतिनिधिमण्डल पोउवा संघमा

पोखरा । यो वर्ष बेलैमा जुम्लामा हिउँ पर्‍यो । अन्य हिमाली जिल्लामा हिउँ नपर्दा किसान चिन्तित हुँदा हुम्लामा परेको हिउँले खेती राम्रो हुने विश्वासमा छन्, जुम्लीहरु । जुम्लाको सिमी र स्याउ नेपालभर प्रख्यात छ । नेपाली भाषाको जन्मथलो सिञ्जा उपत्यकातिर फल्ने मार्सी धानको चामल र जडिबुटीको लागि पनि जुम्ला कहलिएकै छ । तर, जडिबुटी र पर्यटकीय छटाले धनी जुम्ला पुग्न पोखराबाट सजिलो छैन । राम्रो बाटो नहुनु यहाँको पीडा हो । तर पनि जुम्लीहरु खुसी छन् । ‘हामीसँग सम्भावना नै… पुरा पढौ

कोरोना अपडेट : गण्डकी प्रदेशमा एक सातामा २९१ कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा २९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत हप्ता एक हजार ४७५ जनामा गरिएको पिसिआर परीक्षणमा उनिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । सोही अवधीमा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०५ जनामा गरिएको पिसिआर परीक्षणमा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्य कास्कीका २३,… पुरा पढौ

पोखरा आउँदै गरेको बसबाट लागूऔषध सहित तीन जना पक्राउ

पोखरा । सुनौलीबाट पोखरा आउँदै गरेको बसमा सवार पोखराका तीन जनालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । नवलपुर बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका –१ दुम्किबास बजारस्थित पूर्व–पश्चिम राजमार्गमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनिहरुलाई पक्राउ गरेको हो । सुनौलीबाट पोखरातर्फ आइरहेको ग १ ख ४०३४ नम्वरको बसमा सवार पोखरा–६ का विशेक परियार, रहन सुनार, नवलपुर बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका –७ आकाश गुरुङलाई लागूऔषध सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्रहरीले परियारले बोकेको झोलाबाट… पुरा पढौ

बेनीबाट बाग्लुङ जाँदै गरेको जीप दुर्घटना, ५ घाइते

पोखरा । म्याग्दीको बेनीबाट बाग्लुङका लागि यात्रु लिएर जाँदै गरेको जीप बाग्लुङ ५ मालिकामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६७४४ नम्वरको बस बाग्लुङको मालिकामा सडकबाट अन्दाजी १० मिटर तल खस्न जाँदा सो दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाइते हुनेहरुमा म्याग्दीको बेनी–२ गौस्वराका पाँच जना छन् । घाइते भएकाहरुमध्य एक जनाको अवस्था मध्यम रहको र बाँकी चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको धवलागिरी अञ्चल… पुरा पढौ

गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने

पोखरा । गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी गराए । गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुशियालीमा आफूहरु अब गुरुङ समुदायमा मात्रै सिमित नरही सिनेमा हल मार्फत आम समुदायमा फैलिने सोचका साथ अगाडि बढेको उनले बताए । भोजबहादुर गुरुङले भने,“२५ वर्षको लामो यात्रा तय… पुरा पढौ

सामुदायिक भवन निर्माणका लागि सहयोग

माघ ११ घान्द्रुक । ब्रेज मेश्रों फिल्म प्रोडक्सन घान्दु्रकद्वारा निर्मित गुरुङ भाषाको चलचित्र भ्रे (पाहुना) का निर्माताहरुले घान्द्रकमा निर्माणधिन रोधीं क्लव सामुदायिक भवनका लागि ५ लाख सहयोग गरेका छन्। प्रोडक्सनले आइतवार एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको हो ।प्रोडक्सनका व्यवस्थापकद्वय अमृत गुरुङ लामा र विशाल गुरु∙ले सो रकम बराबरको चेक वडाध्यक्ष कुमारप्रसाद गुरुङको रोहवरमा क्लव अध्यक्ष पूर्णप्रसाद गुरु∙लाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष गुरुङले सहयोग प्रति आभार प्रकट गर्दै सामुदायिक भवन निर्माणका लागि वडाको पनि साथ रहने… पुरा पढौ

मृगौला पिडित सुस्मीता परियारलाई आर्थिक सहयोग

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका मृगौला पीडित वर्ष १९ कि सुस्मिता परियारलाई आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । मृगौला पिडित सुस्मीता परियार बचाउ अभियान समितिद्धारा संकलित रकम आइतबार माछापुच्छे्र गाउँपालिका वडा न.३ घाचोक वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्त्रण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न. ३ का वडा अध्यक्ष सुर्यप्रसाद लम्सालले सिघ्र स्वस्थ्य लाभको कामना गर्दै आर्थिक सकंलन समितिलाई धन्यवाद ज्ञापन गरे । उनले राज्यले नागरिकको स्वस्थ्यको जिम्मा लिनुपर्नेमा राज्यले नसकेकोले यस्ता समितकिो आवस्यक… पुरा पढौ