समाचार

नेलम्वो नेपालद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

पोखरा, ३ असोज । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्वो नेपाल सस्थाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसका विरुद्ध अग्रप्रक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षीत तवरले काम गर्न सहयोग पु¥याउने उद्देश्यले नेलम्वोले शनिवार एक कार्यक्रमका वीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै सामाजिक दुरी कायम गर्दै माक्स र सेनिटाईजरको प्रयोगले कोरोना भाईरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे… पुरा पढौ

छवि सुधार्न ट्राफिक प्रहरीले शुरु ग¥यो ‘नमस्ते अभियान’

ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा नमस्ते अभियान सञ्चालन गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशका ११ वटै जिल्लामा नमस्ते अभियान सञ्चालन गरेको हो । ट्राफिकले कास्कीसहित, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङमा अभियान सञ्चालन गर्न लागेको हो । ट्राफिक प्रहरी र सर्वसाधारण नागरिक तथा चालकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन नमस्ते अभियान सञ्चालन गरेको ट्राफिक कार्यालय गण्डकी प्रदेश कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यलय गण्डकी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरिक्षक (एसपी) प्रभुप्रसाद ढकालले नागरिक… पुरा पढौ

लकडाउन, निषेधाज्ञा र शिल नगर्न पोखरेलीको माग, पिसीआरसमेत बन्द गर्न आग्रह

पोखरामा लकडाउन, निषेधाज्ञा र शिल गर्ने कार्य बन्द माग गर्दै प्रदर्शन भएको छ । ६ महिनादेखिको लकडाउन, निषेधाज्ञा र शिलले जनजीवन कष्टकर भएको भन्दै फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराको आयोजनामा विहीबार विहान पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो । ‘लकडाउन हटाऔं, जनजीवन समान्य बनाऔं’ भन्दै गरिएको प्रदर्शनमा उद्योगी, ब्यापारी, शिक्षा व्यवसायीहरुको सहभागिता रहेको थियो । रोगका कारण भन्दापनि भोकका कारण मर्ने दिन आउन लागेको भन्दै उनीहरुले अब करीब ६ महिना लामो लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य रोक्न माग गरे… पुरा पढौ

लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै अब्बल आयोजना

कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै नमूना आयोजना बनेको छ । २०५८ सालमा स्थापित यो खानेपानी आयोजना देशकै नमूना खानेपानी आयोजनाका रुपमा स्थापित भएको हो । यो आयोजना यस अर्थमा नमूना बनेको छ कि यो जनताका लागि जनताकै लगानीद्वारा स्थापित र सञ्चालित आयोजना हो । अर्थात लेखनाथमा खानेपानी आपूर्ति गर्ने यो स्थानिय जनताका लागि जनताको लगानीमा जनताद्वारा नै सञ्चालित आयोजना हो । र यसले स्थापनाको छोटो समयमै आफूलाई देशकै अब्बल अयोजनाका रुपमा स्थापित गर्न सफल भएको छ… पुरा पढौ

खानेपानीमा स्वच्छता कायम गर्न उच्च अदालत पोखराको अन्तरिम आदेश

उच्च अदालत पोखराले नेपाल खानेपानी संस्थानलाई स्वच्छ पानी उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । खानेपानी संस्थानले पोखरामा वितरण गरेको पानी पिउन योग्न नभएको भन्दै पोखरेली उपभोक्ताको घरमा आउने पानी वितरणमा रोक लगाउन माग गर्दै अधिवक्ता मिनाकुमारी रानाभाटले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै उच्च अदालत पोखराका न्यायाधीस प्रमोदकुमार श्रेष्ठ वैद्य र विनोदमोहन आचार्यको संयुक्त ईजलासले खानेपानी संस्थानलाई खानेपानीको स्वच्छता कायम गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,‘स्वच्छ खानेपानी मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित भएकोसमेत आधारमा मर्दीखोला खानेपानीको… पुरा पढौ

फेवाताल सम्बन्धी पोखरा महानगरको नया प्रतिवेदन

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको सम्बन्धमा सर्बोच्च अदालतले गरेको फैसलालाई आधार बनाउँदै पोखरा महानगरपालिकाले तयार पारेको नया प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईएको छ । सर्बोच्चले २ वर्ष अघि गरेको फैसलालाई आधार मान्दै ७ महिना लगाएर तयार पारेको प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललगायतको उपस्थितिमा प्रतिवेदन बुझाएको प्रमुख जिसीले जानकारी दिए । प्रधानमन्त्रीलाई सोमबार बुझाएको प्रतिवेदन महानगरले ७ महिना… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ कान्तिपुरका टिभीका इन्द्रप्रसाद पौडेललाईप्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी गरेको विज्ञप्तिमाउल्लेख गरिएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा वर्षेनी उक्त पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सो पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशी २० हजार ५… पुरा पढौ

देउवा कन्ट्याक ट्रेसिङमा, प्रधानमन्त्रीसँगको छलफल रोकियो

कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्। उनको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा होम आइसोलेसनमा बस्नु परेपछि बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीको छलफल पनि रोकिएको छ । उनको स्वाब परीक्षण शुक्रबार गरिने भएको छ । पुरा पढौ

ऊर्जामन्त्री पुन आइसोलेसनमा, अंगरक्षकलाई कोरोना

ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने उनका प्रेस संयोजक दयानिधि भट्टले बताए । अंगरक्षकलाई कोरोना पुष्टि भए पनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरा पढौ