गएको पुस ११ गतेदेखि शुरु ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७७ को विजेतालाई पुरस्कार वितरण गरिएको छ। जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विशेष समारोहबीच विजेतालाई पुरस्कार वितरण गरेका हुन्। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ र एथलेटिक्सका गरी ५ वटा विधा समावेश गरिएको थियो। यस्तै, आर्चरीलाई पहिलो पटक डेमोन्सट्रेशन खेलको रुपमा समावेश गरिएको थियो। समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं. १६ बाहिनी अड्डा, श्री मध्य पृतना हेडक्वाटर तथा श्री उतर–पश्चिम पृतना हेडक्वाटरलाई नगद तथा…
पुरा पढौ