समाचार

जर्मनीका चान्सलर मर्केलको उत्तराधिकारीमा लश्चेत चयन

जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू)ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ। लश्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिक रक्षकका रूपमा हेर्ने गरिएको छ। लश्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्। कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिलाविज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका हुन्। सीडीयू अध्यक्षले परम्परागतरूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने संभावना… पुरा पढौ

जिल्ला सहकारी संघ कास्कीको निर्वाचनबाट ओली पक्ष बढारियो

जिल्ला सहकारी संघ लि. कास्कीको चुनावमा ओली पक्षीय उम्मेदवारहरुको बढारिएका छन्। चुनावमा राष्ट्रिय प्रतिनिधिको उम्मेदवारमा नेकपा ओली पक्षीय नेता तथा प्रदेश सांसद प्रभा कोइरालासमेत उम्मेदवार बनेकी थिइन्। चुनावमा अर्का उम्मेदवार दीपक प्रकाश आचार्यको २१४ मत प्राप्त गर्दा कोइरालाले ८६ मत मात्रै प्राप्त गरेकी छन्। ओली पक्षीय प्रभाका विरुद्ध नेपाली काँग्रेस र प्रचण्ड माधव पक्षीय नेकपा निकट प्यानलबाट आचार्यले उम्मेदवारी दिएका थिए। त्यसैगरी, संघको अध्यक्षमा सावित्रा कोइराला विजयी भएकी छन् । संयुक्त प्यानलबाट उम्मेदवार बनेकी उनले १९८ मत प्राप्त गर्दा ओली… पुरा पढौ

१० नेपालीले के टू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए

पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेर १० जना नेपाली आरोहीहरुको समूहले विश्व कीर्तिमान बनाएका छन्। अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन। सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा ५ बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। ८ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक… पुरा पढौ

प्रधानमन्त्री ओलीको प्रश्न : “मैले हँसाएँ भनेर किन पीर ?”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले… पुरा पढौ

गण्डकी प्रदेशमा ५६८ जना आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ६ सय भन्दा तल झरेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना भाइरस संक्रमित र ७१ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ६ सयभन्दा तल झरेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुुसार अब प्रदेशमा ५६८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।जसमा ४८८ संक्रमित होम आइसोलेसनमा छन् । शनिबार थपिएका संक्रमितमध्य कास्कीका ३३, स्याङ्जा र तनहुँका २–२ जना र बाग्लुङका एक जना छन्… पुरा पढौ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् । अभियुक्तले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नंको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले पुस… पुरा पढौ

कास्की, स्याङ्जा र तनहुँका ११ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका कास्की, स्याङ्जा र तनहुँका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षण रिपोर्टमा उनिहरुमा कोरोना भाइरस संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार विज्ञप्तीमार्फत जनाएको छ ।निर्देशनालयका अनुसार आज पछिल्लो क्रममा थपिएका संक्रमितमध्य कास्कीको पोखरा महानगरपालिकाका ८ जना, स्याङ्जाको बिरुवाका २ जना र तनहुँको भिमादका एक जना छन् । यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार १२८ पुगेको छ । पुरा पढौ

पोखराका २५ सहित गण्डकीका २९ मा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि.मा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २५ जना सहित २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका १४ वटा वडाका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बाग्लुङको गलकोट, म्याग्दीको बेनी, पर्वतको कुश्मा र तनहु्ँको बन्दीपुर गाउँपालिकाका एक–एक जनामा संक्रमण पाइएको छ । यो… पुरा पढौ

रंगभेद तथा जातीय विभेद बिरुद्ध रणनीति बनाउन बेलायती सांसदको अध्यक्षतामा गठित स्थानीय समितिमा श्रेष्ठ

रंगभेद तथा जातीय विभेद बिरुद्ध रणनीति बनाउन बेलायती सांसदको अध्यक्षतामा गठित स्थानीय समितिमा श्रेष्ठ। रंगभेद एबम जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्ब मंत्री समेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् ।  बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित ‘द रिफरेन्स ग्रुप’मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठ नियुक्त भएका हुन् ।  सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला… पुरा पढौ