समाचार

बौद्धमा आमाछोरी मृत फेला

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिनुभयो । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ । राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको… पुरा पढौ

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएको थियो । कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने… पुरा पढौ

आलेख : कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

गण्डकी, १८ मङ्सिर (रासस) : पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्यमा हो । यहाँका गन्तव्यसथलहरुमा धार्मिक तथा सांस्कृतिकस्थल विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत पनि पर्दछन् । यहाँको पर्यटनमा धार्मिकस्थल, मठमन्दिरले पनि उत्तिकै भूमिका खेलेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न क्षेत्र प्रत्यक्ष प्रभावित भएजस्तै यहाँका धार्मिक पर्यटकीयस्थल पनि त्यसको प्रकोपबाट अछुतो रहन सकेका छैनन् । कोरोनाको कहरसँगै… पुरा पढौ

पौडेललाई नियन्त्रणमा लिएको विरोधमा पोखरामा प्रदर्शन

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले धरपकड गरेको विरोधमा पोखरामा प्रदर्शन भएको छ । नेपाल तरुण दल कास्कीको नेतृत्वमा पोखरामा विहीबार प्रदर्शन भएको हो । पौडेलमाथिको आक्रमण लोकतन्त्र माथिको आक्रमण भएको भन्दै तरुण दलले पोखरामा जुलुशसहित कोणसभा ग¥यो । नेपाली कांग्रेस कास्कीको कार्यालय चिप्लेढुंगाबाट शुरु भएको जुलश बिपीचोक घुमेर महेन्द्रपुलमा पुगेर कोणसभामा परिवर्तन भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले कम्युनिष्टबिरुद्ध आन्दोलन घोषणा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।… पुरा पढौ

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेला अपनाउनुपर्ने सुरक्षा विधि, फोहरको व्यवस्थापन, विवरण सङ्कलन र अध्यावधिकलगायत विषयमा प्रशिक्षण दिइने छ । तालीमको उद्घाटन गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पिसिआर प्रयोगशालामा पछिल्लो समय आमूलपरिवर्तन आएको बताउनुभयो । चितवन जिल्लामा मात्रै १० प्रतिशतभन्दा बढी… पुरा पढौ

पोखराका २८ सहित ३० जनामा कोरोना संक्रमण

मंसिर १८ पोखरा । पोखराका २८ सहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २८, स्याङ्जा र बाग्लुङका १–१ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार पोखरामा थपिएका सं्रमितहरु वडा नं. १, ३, ४, ५, ६, ८, १२, १७, २४, २६, २७, ३० र ३२ का छन् । यस्तै स्याङ्जको पुतलीबजार नगरपालिका–४ का ७६ वर्षिय पुरुष र म्याग्दीको काठेखोला–६ का ८१ वर्षिय… पुरा पढौ

आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण

आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो । काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताउनुभयो । हरेक वर्ष बाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ… पुरा पढौ

बालबालिकाको हकमा कानूनमार्फत सम्बोधन गर्ने प्रयासमा प्रदेशसभा छ : सभामुख अधिकारी

गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बालबालिकाको विषयबस्तुमा एउटै कानूनमार्फत सम्बोधन गर्ने प्रयासमा रहेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख अधिकारीले यस्तो बताएका हुन्। उनले बालबालिका अधिकारको संरक्षणका लागि एकीकृत कानूनको निर्माण गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले समाजमा नागरिकदेखि कार्यकारी प्रमुख सबैमा इमान्दारिताको भावना भएमा कुनैपनि अधिकारका सवालको लडाईं सहज हुने बताए। त्यस्तै गण्डकी प्रदेश सभाका… पुरा पढौ

धनुष बचत ऋण सहकारी ८ औं वर्षमा प्रवेश

दरवारथोकमार्गस्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि. ८ औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा सहकारीले सप्ताहव्यापी विभिन्न कार्यक्रमका साथ बार्षिक साधारणसभा मनाएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार प्रेमप्रसाद ढकालले सहकारीले सदस्य हीतमा कार्य गर्दै आइरहेको जनाउँदै त्यसलाई अझै बढाउनुपर्ने बताए। विशेष अतिथी शैक्षिक समाज सहकारी संस्थाका अध्यक्ष लिलाधर बरालले स्थापनाको छोटो समयमै धनुषले उल्लेख्य सफलता प्राप्त गरेको औँल्याउँदै त्यसलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए। उक्त अवसरमा शेयर सदस्यको तर्फबाट लक्ष्मीप्रसाद… पुरा पढौ

प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई पत्नीशोक

नेपाली कांग्रेस कास्कीका पूर्व सभापती प्रजातान्त्रिक सेनानी लिलाभक्त आचार्यलाई पत्नीशोक परेको छ। आचार्यकी कान्छी श्रीमती योगमाया आचार्यको ७८ बर्षको उमेरमा मंगलबार पोखरामा निधन भएको हो। स्व. योगमाया लामो समयदेखि बिरामी भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत थिइन्।उनको मंगलबार नै सेती नदीको शान्तिघाटमा दाहसंस्कार गरिएको छ। उनको पार्थिव शरिरमा नेपाली कांग्रेस कास्कीका पूर्व सभापती एवं अग्रज नेता शुक्रराज शर्माले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। नेपाली कांग्रेसलाई अत्यन्तै माया गर्ने र धार्मिक सामाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएकी आचार्यको निधनले मर्माहत बनाएको… पुरा पढौ