समाचार

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित

बंगलादेशसँगको मैत्रीपूर्ण पहिलो खेलमा नेपाल पराजित भएको छ। बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित बनेको हो। खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्न सफल बन्यो। उसका लागि खेलको ८० औँ मिनेटमा महबुर रहमानले गोल थपे। नेपालले अब बंगलादेशसँग आउँदो मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ। नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार (हिँजो)… पुरा पढौ

फङ्की युनाइटेडलाई फुटसल उपाधि

पोखरा, सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरिय खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ। लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो। उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो। प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटी केन्द्रीय उपाध्यक्ष विनोद गुरुङले विजेता तथा उपविजेता… पुरा पढौ

मर्दी हिमाल साहसिक पर्यटकीय गन्तव्य

छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल सहासिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशद्वारा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा भएको मर्दी हिमाल आरोहण विषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए ।अन्तरक्रियामा सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोण गरेको पाँच हजार पाँच सय ८७ मिटरको उचाईमा रहेको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यी टोलीले पदयात्राका क्रममा देखिएका मानवीय अवस्था, रमणीय स्थल, वन्यजन्तु,… पुरा पढौ

२१११ मा कोरोना संक्रमण, ३५३७ ‘डिस्चार्ज’

कार्तिक २८ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ । यस्तै गएको २४ घण्टामा १३… पुरा पढौ

पोखराका ४ सहित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट ८ जना ‘डिस्चार्ज’

कार्तिक २८ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत आठ जना ‘डिस्चार्ज’ भएका छन् । प्रतिष्ठान अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका उनीहरु संक्रमण मुक्त भई आज ‘डिस्चार्ज’ भएको प्रष्ठिानले जानकारी दिएको छ । प्रतिष्ठानका अनुसार पोखराका पाँच , स्याङ्जाका २, पर्वतका एक छन् । पोखरा–५का ४५ वर्षिय पुरुष, पोखरा–१३ का ७० वर्षिय पुरुष, पोखरा–९ का ५३ वर्षिय पुरुष र पोखरा–१० का ७७ वर्षिय पुरुष डिस्चार्ज भएका हुन् । यस्तै स्याङ्जाको अर्जुनचौपारी–१ का ६५ वर्षिय… पुरा पढौ

सूचना प्रविधिमन्त्री गुरूङ – उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ शुक्रबार चावहिलस्थित चलचित्र विकास वोर्डको निरीक्षणका क्रममा बोर्डको भवनमा निर्मित नवरस सभाकक्षको उद्घाटन गर्दै । उक्त सभाकक्ष रू १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो । तस्वीर ः रत्न श्रेष्ठ, रासस पुरा पढौ

शिवपुरीमा गुणस्तरीय स्वास्थ्य सेवा, एकल पुरुषलाई मासिक भत्ता

नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गरे । उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको… पुरा पढौ

मुख्यमन्त्री गुरुङबाट तिहारको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन । आज दिएको शुभकामना सन्देशमा उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ कारण यसपालिको तिहारमा परिवारका सदस्यबाहेक अन्यसंँग भेटघाट कम गर्ने, गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने र मास्क प्रयोग गर्दै सरकारले जारी गरेका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन । रासस पुरा पढौ

आगलागीबाट बागलुङमा जले दुई घर

बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए। घरमा आगलागी हुँदा ग्यास सिलिण्डरसमेत पड्किएको थियो । कायतको ढुङ्गाको छाना भएको दुईतले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाइ छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए । त्यस्तै जैमिनी –१ कुश्मीशेरामा… पुरा पढौ

पशुपन्छीको बीमा निःशुल्क

गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम शुरु गरिएको केन्द्रका प्रमुख डा इन्द्रबहादुर भट्टले जानकारी दिए। चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ४२ लाख रूपियाँ बजेटमार्फत कार्यक्रम शुरु भएको उनले बताए । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकहरुले पशुपन्छी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो”, प्रमुख डा भट्टले भने, “अब यो कार्यक्रम लागू भएसँगै कृषकहरुले… पुरा पढौ