समाचार

१ हजार ५६७ जना संक्रमणमुक्त, संक्रमितको संख्या २ लाख १८ हजार १६१ पुग्यो

मंसिर १७ काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । सोही अवधीमा १हजार ४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार ३०० जनामा परीक्षण गर्दा महिला ५६५ र पुरुष ९२५ जना थपिएका हुन् । यस्तैे ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ… पुरा पढौ

पर्यटनलाई पुरानै लयमा फर्काउन जोड

कोरोना महामारीका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पोखराका पर्यटन व्यवसायी व्यवसाय प्रवद्र्धनामा सक्रिय भएका छन् । पर्यटकको आकर्षण बढाउँदै पोखरा स्वास्थ्य सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाहका लागि प्रर्वद्धनात्मक भ्रमणलाई यतिखेर प्राथमिकताका साथ अघि बढाइएको छ । पदयात्रा पर्यटनमा नयाँ गन्तव्यको विकास गर्ने लक्ष्यका साथ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल 'टान' पश्चिमाञ्चल क्षेत्रीय सङ्घको नेतृत्वमा एक टोली यतिखेर उत्तर तर्फको अन्नपूर्ण आधार शिविरको यात्रामा छ । उत्तरको अन्नपूर्ण आधार शिविर पदमार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने… पुरा पढौ

आगामी २० गतेसम्म नेकपा सचिवालय बैठक स्थगित

मंसिर १७ काठमाण्डौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक केही बेर अगाडी सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा केही बेरको छलफल पछि बैठक सकिएको हो । बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए । नेकपाको अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने तय भएका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी… पुरा पढौ

नेकपा सचिवालय बैठक अध्यक्ष ओली बिनै सुरु

मंसिर १७ काठमाडौं । सत्तारुढ नेकपा सचिवालय बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै सुरु भएको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेका लागि तय गरेको बैठकमा प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष ओली साढे २ बजेसम्म पनि उपस्थित नभएपछि केही बेर अगाडी बैठक सुरु भएको हो । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुृर थापा लगायत सचिवालयका ८ नेता सहभागी छन् । दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका… पुरा पढौ

सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

मेची राजमार्गअन्र्तगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताउनभयो । स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च… पुरा पढौ

साउनयता मरे तीन हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन् । दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ । विक्रमप्रसाद बामपुड्के रहेको थियो । उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन ।” त्यस्तै सुन्दरमाला बूढो भएर मरेको उहाँले जानकारी दिनुभयो । सुनदरमालाको… पुरा पढौ

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचाररत उहाँलाई मङ्सिर १३… पुरा पढौ

एक महिनाभित्रै कक्षा १२ को परीक्षाफल

मंसिर १७ पोखरा । कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिसकेकाले एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने जनाएको । बोर्डले विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुन नदिनका लागि एक हप्ताभित्र उत्तरपुस्तिका परीक्षण पुरा गर्ने तयारी गरेको छ । कोरोनाका कारण परीक्षार्थीले यस पटक आफुले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका हुन् भने उत्तरपुस्तिका परीक्षणपनि विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ… पुरा पढौ

सुनको भाउ पुनः बढ्यो

मंसिर १७ काठमाडौं । सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । योसंगै बुधबार छापावल सुन प्रतितोला ९१ हजार र तेजावी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ । सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा… पुरा पढौ

सचिवालय बैठकमा ओलीपनि सहभागि हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागि हुने भएका छन् । विहानसम्म बैठकमा सहभागि नहुने अडानमा रहेका ओली अन्ततः बैठकमा सहभागि हुन सहमत भएका हुन् । आफू पक्षिय नेताहरुसँगको परामर्शमा बैठकमा सहभागि नहुँदा म्यासेज नराम्रो जाने भन्दै सम्झाएपछि ओली बैठकमा सहभागि हुन तयार भएका हुन् । यसअघी मंगलबारको बैठकमा चर्काचर्की भएपछि पुनः बुधबार बस्नेगरी प्रचण्डले मंगलबारको बैठक स्थगित गरेका थिए । लगत्तै ओलीले यस्तो बैठकको के काम ? भन्दै बैठकमा सहभागि नहुने जनाउ… पुरा पढौ