समाचार

क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। साथै, क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नामसमेत सिफारिस गरेको छ। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसीरको १० गतेदेखि बन्द प्रशिक्षणमा बोलाएको हो। नेपालले विश्वकप लिग क्रिकेट–२ अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्नेछ र त्यसैका तयारीका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण ९ महिना ढिला भएको हो। क्यान कार्यालयका सचिव उदयप्रकाश शाहले सूचना जारी गर्दै बन्द प्रशिक्षण… पुरा पढौ

उदाउँदो सूर्यलाई अघ्र्य दिदैँ यस वर्षको छठ पर्व सकियो

आस्थाको महापर्व छठ पर्वअन्तर्गत ब्रतालुले आज (शनिबार) उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। ब्रतालुले यहाँका इतिहास वर्णित सरोवर गंगासागर र अरगजालगायतका तलाउ पोखरीहरुमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरी यस वर्षको छठ पर्वलाई बिदाई… पुरा पढौ

पोखरामा शुक्रबार थप आठ संक्रमितको मृत्यु

मंसिर ५ पोखरा ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पोखरामा थप ८ जनासंक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट पोखराका ६ जना र तनहुँका दुई जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय पुरुष, पोखरा–८ का ५४ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ  । यस्तै, पोखरा–९ का ६८ वर्षीय संक्रमित पुरुष, पोखरा–२१ का… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : अस्पताल बनाउन प्रत्येक पालिकामा जग्गा दिने

मंसिर ५ काठमाण्डौ । सरकारले स्थानिय तहले निर्माण गर्ने अस्पतालका लागि आवश्यक पर्ने सरकारी जग्गा भाडामा उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले प्रत्येक पालिकाले निर्माण गर्ने भनेको पाँचदेखी १५ शय्याको अस्पताल निर्माणका लागि अस्पतालको नाममा जग्गा नभएमा लिजमा जग्गा दिने निर्णय भएको बताए । सरकारले अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध… पुरा पढौ

प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले जनताको अदालतमा उभिएर जवाफ दिनुपर्छ : नेता महर

मंसिर ५ पोखरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए। ‘नेकपाले बालुवाटार र सिलत निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदिय… पुरा पढौ

म्याग्दीमा पहिलो पटक मनाइयो छठ

वीरगञ्ज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विगत वर्षमा पूर्वीतराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जानुहुन्थ्यो । यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै हुनुहुन्छ । “कोरोनाको जोखिमले गर्दा छठ मनाउन घर जान पाइएन”, उहाँले भन्नुभयो, “आफ्नो संस्कार र संस्कृति छोड्नु हुन्न भनेर बेनीमै छठ मनाउन लागेका छौँ ।” साहलगायत यहाँ बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक… पुरा पढौ

गण्डकीमा शुक्रबार निको हुने र थपिने संक्रमित उस्तै–उस्तै

मंसिर ५ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार निको हुने र थपिने कोरोना संक्रमितको संख्या उस्तै–उस्तै रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित निको भएका छन् भने १३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार शुक्रबार ६७० जनामा गरिएको नमुना परीक्षणमा ८८ पुरुष र ५१ जना महिलामा संक्रमण पाइएको हो । आज थपिनेमा सबैभन्दा कास्कीका छन् । कास्कीका १ सय जनामा कोरोना पाइएको छ… पुरा पढौ

कौसी खेती गर्ने पुरस्कृत

वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहनुभएकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कार स्वरुप पाउनुभयो । भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी… पुरा पढौ

नेपाल र चीनको निकटता झन् झन् बढ्दै छ ः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गर्नुुभयो । उहाँले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उहाँले… पुरा पढौ