समाचार

भिटोफ गण्डकी प्रदेश अध्यक्ष अधिकारी कोरोना संक्रमण मुक्त

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश अध्यक्ष नवराज अधिकारी कोरोना मुक्त भएका छन् । उनी कोरोना संक्रमित पुष्टि भएको २५ औं दिनमा कोरोना संक्रमण मुक्त भएका हुन् । अध्यक्ष अधिकारीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमण मुक्त भएको जनाएका छन् ।अधिकारीले उच्च आत्मबल र उच्च मनोबल बनाएरै कोरोनालाई जित्न सफल भएको उल्लेख गरेका छन् । उनले आफूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्ने तथा हौसला, माया र सान्त्वना प्रदान गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरेका छन् । पुरा पढौ

सामुहिक वलात्कारपछि रुखमा झण्डाएर हत्या गर्ने प्रयास

धनुषामा एक युवतीलाई सामुहिक वलात्कारपछि हत्या गर्ने प्रयास भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ की १८ वर्षिया युवतीलाई सामुहिक वलात्कारपछि रुखमा झुण्डाएर हत्या गर्ने प्रयास भएको हो । रुखमा झण्ड्याउने क्रममा स्थानिय एक व्यक्तिले देखेपछि वलात्कारीहरु भाग्दा उनको ज्यान भने जोगिएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ । घट्ना गत कात्तिक ३ गतेको हो । नातेदार राजेश महतोले फोन गरेर बोलाएपछि घर नजिकैको सडकमा पुगेकी उनलाई अपहरण शैलीमा बर्दिवास लगेर ३ जनाले पालैपालो करणी… पुरा पढौ

आजदेखि कक्षा १२ को परीक्षा, एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने बोर्डको तयारी

आज (मंगलबार) देखि १२ को परीक्षा हुँदैछ। नोवेल कोरोना (कोभिड १९) कारण वैशाखमा स्थगित परीक्षा आज (मंगलबार) बिहान ८ बजेदेखि परीक्षा संचालन हुँदैछ। विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालनका लागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा संचालन हुनुअघी इमेलबाट पठाउने जनाएको छ। कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा संचालन गरिने जनाइएको छ। संक्रमित तथा… पुरा पढौ

फेसवुकमार्फत ठगी गर्ने पक्राउ

सामाजिक सञ्जाल फेसवुकमार्फत ठगी गर्ने एक जनालाई स्याङ्जा प्ररीले पक्राउ गरेको छ । फेसवुकमार्फत ठगी गर्ने बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षिय रुपचन्द्र पाण्डेलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । पण्डेले ब्राजिलमा रहेको आफ्नो परिवार गम्भीर विरामी परेकाले सहयोगको याचना गर्दै एक महिलालाई पटक÷पटक गरेर १० लाख २८ हजार ७ सय ठगी गरेको पाइएकाले उनलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका पाण्डेबिरुद्ध ठगी, आपराधिक विश्वासघाट तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा… पुरा पढौ

ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण

कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको छ ।पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आउनु भएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जना ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको हो । कार्यक्रममा उक्त वडाका वडाध्यक्ष पसबहादुर बास्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको लागि बाँडिएको सिरकसँगै मानवीय रुपमा न्यानो माया पनि बाँडेको बताउनुभयो । हरेक… पुरा पढौ

सरकारपनि गुच्चा खेलेर बसेको छैन : गुरुङ

गण्डकी प्रदेश सांसद मीना गुरुङले सरकार गुच्चा खेलेर नबसेको बताएकी छन् । कास्की क्षेत्र नम्बर २ (ख)को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरुले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि उल्लेखनीय काम गर्न नसकेको भनेर आलोचना गरेपछि त्यसको जवाफ दिदै सत्तारुढ दल नेकपाकी सांसद गुरुङले भनिन्,‘सरकारपनि गुच्चा खेलेर बसेको छैन, संघ सरकार, गण्डकी प्रदेश सरकारलेपनि योजना बनाएकै छ, कार्यान्वयन गरिरहेकै छ ।’ सरकारले आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेको भन्दै अझ… पुरा पढौ

पछिल्लो २४ घण्टामा नेपालको कोरोना विवरण : थपिने भन्दा निको हुने डेढ गुणा बढी

नेपालमा सोमबार कोरोना संक्रमितको संख्या थपिनेको भन्दा निको हुने डेढ गुणा बढी भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ८० जना नया कोरोना संक्रमित थपिएका छन् । सोहि अवधीमा नेपालमा थपिएका कोरोना संक्रमितको संख्या भन्दा डेढ गुणा बढी अर्थात ३ हजार ४३ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय २८ जना पुगेको । त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् ।… पुरा पढौ

पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना विवरण : १२९ थपिदा १६७ निको भए

गण्डकी प्रदेशमा सोमबार कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने झण्डै डेढ गुणा बढी भएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमित १२९ जना थपिदा १६७ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हाल कोरोनाका ४ हजार ६ सय ५१ वटा सकृय केस रहेका छन् । त्यसमध्ये ३ हजार ६ सय ९८ जना होम आईसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म ११ हजार १९० जना संक्रमित भएकोमा ६ हजार… पुरा पढौ