समाचार

नेकपाका पोलिटव्यूरो सदस्य दर्नाल र सुवर्ण पक्राउ

विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य प्रेम दर्नाल (विकल्प)सहित २ जना नेताहरु पक्राउ परेका छन् । प्रहरीले नेकपाका अर्थ विभाग प्रमुखसमेत रहेका पोलिटव्यूरो सदस्य विकल्प र अर्थ विभाग सदस्य सञ्जीव नेपाली (सुवर्णलाई पक्राउ गरेको हो । काठमाडौंको नख्खुमा व्यवसायीहरुसँग छलफल गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको विप्लव नेतृत्वको नेकपाले बताएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ती निकाल्दै विकल्प र सुवर्ण पक्राउ परेको पुष्टि गरेका हुन् । प्रकाण्डले निकालेको विज्ञप्तीमा दुई नेतालाई आपराधिक र अपहरण शैलीमा गिरफ्तार गरिएको भनिएको छ । साथै उनीहरुको… पुरा पढौ

इतिहासमै पहिलोपटक एकैदिन ३९४ अस्पताल शिलान्यास गरिँदै

अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित मंसीर १५ गते ३९४ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै संख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य… पुरा पढौ

काबुलमा रकेट आक्रमण, ८ को मृत्यू, ३० घाईते

अफ्गानिस्तानको राजधानी काबुलमा भएको रकेट हमलामा ८ जनाको मृत्यू भएको छ । अमेरिका–तालिवानबीच वार्ता हुनु ठीक अगाडि भएको सो आक्रमणमा ३० जना घाईते भएको समाचारमा जनाइएको छ । शनिबार भएको आक्रमणमा २ कारमा रहेका व्यक्तिहरुले ३० भन्दा बढी रकेट आक्रमण गरेको दाबी गरिएको छ । आक्रमणबाट कयौं भवनहरु क्षेतिग्रस्त भएको पनि समाचारमा उल्लेख छ । यसैबीच, अमेरिकी विदेश मन्त्री माईक पोम्पियोले तालिवानका वार्ताकारहरुसँग दोहामा भेट्ने तय भएको छ । यस भेटसँगै शान्ति वार्ता पुनः शुरु हुने अपेक्षा गरिएको छ ।… पुरा पढौ

नेवारी संस्कृति नबुझी पञ्चाङ्ग समितिले विवाद निकालेको भन्दै नेवार समुदायद्वारा २०७८ को तिहारको मिति अहिल्यै सार्वजनिक

नेवार समुदायले आगामी तिहारको मिति अहिल्यै सार्वजनिक गरेको छ । नेवार समुदायले २०७८ सालको तिहारको मिति अहिले नै सार्वजनिक गरेको हो । २०७७ सालको तिहार सकिने वित्तिकै २०७८ सालको तिहारको मिति सार्वजनिक गरिएको यो पहिलोपटक हो । नेवार समुदायले सार्वजनिक गरिएको मिति तालिका अनुसार २०७८ साल कात्तिक १८ गते विहीबार लक्ष्मी पूजा, कात्तिक १९ गते म्हपूजा र नेपाल सम्वत तथा कात्तिक २० गते भाईटीका परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेवारी संस्कृति नबुझी जहिलेपनि विवाद निकालेकाले अहिले नै आगामी… पुरा पढौ

आजबाट नारायणहिटीको ‘श्री सदन सर्वसाधारणका लागि खुला

मंसिर ६ काठमाण्डौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणले आजबाट अवलोकन गर्न पाउने भएका छन् । गत बैशाख १ गतेबाट खुल्ला गर्ने भनिएपनि कोरोना महामारीका कारण रोकिएको सदन सर्वसाधारणका लागि आजबाट खुल्ला हुने भएको हो । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा बीरेन्द्र शाहको वंशनास भएदेखी सो सदन बन्द अवस्थामा थियो । सो सदनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला… पुरा पढौ

क्युकोशिन कानको साधारण सभा सम्पन्न

मंसिर ६ पोखरा । कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघको कोषध्यक्षमा सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई रिक्त पदमा चयन गरेको हो । कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ । संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको… पुरा पढौ

‘महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण’

कोरोना बारे सचेतना फैलाउन जनप्रतिनिधि घर(घरमा पुगौं स् अध्यक्ष तिमिल्सिनामंसिर ६, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।काठमाडौंमा शनिबार आयोजित ‘कोभिड(१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको हो।कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्,’… पुरा पढौ

मोटरसाईकलको ठक्करबाट बालकको मृत्यू

तनहुँमा शनिबार भएको दुर्घटनामा १ जनाको मृत्यू भएको छ । तनहुँको भानु नगरपालिका वडा नम्बर पञ्चनगरमा भएको दुर्घटनामा ८ वर्षिय बालकको मृत्यू भएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पञ्चनगरबाट डुम्रेतर्फ आईरहेको बा.७० प ६९०१ नम्बरको मोटरसाईकलले पैदलयात्री बाङ्गेरुवाका राजु सिंखडाको ८ वर्षिय छोरा आईज्याक सिंखडालाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए । तत्कालै उद्धार गरेर चितवन मेडिकल कलेज भरतपुर लगिएपनि दिउँसो १ बजेर ५ मिनेटमा मृत्यू भएको प्रहरीले बताएको छ । बालकलाई ठक्कर दिने मोटरसाईकल र त्यसका चालकलाई… पुरा पढौ

पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना विवरण : थपिने भन्दा निको हुने धेरै

मंसिर ६ पोखरा । गण्डकी प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार प्रदेशका १४० जना कोरोनामुक्त र थप १०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आज ७३५ जनामा गरिएको नमुना परीक्षणमा ६६ जना पुरुष र ४३ जना महिलामा सक्रमण पाइएको हो । यसरी थपिनेमध्य सबैभन्दा बढी कास्कीका ५६ जना छन् । यस्तै तनहुँका २४, नवलपुरका १२, लमजुङका ५, स्याङ्जा र बाग्लुङका ४–४ जना, पर्वत र म्याग्दीका २–२ जनामा थपिएका… पुरा पढौ