समाचार

कारोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

मंसिर ११ पोखरा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २३ जनाको मृत्यु भएसंगै मृतकको संख्या बढेको हो । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमणबाट प्रदेश १ मा १८२, प्रदेश २ मा १९४, बाग्मती प्रदेशमा ६९० र गण्डकी प्रदेशमा ९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १९५, कर्णाली… पुरा पढौ

आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन

आज (बिहीबार) र भोली (शुक्रबार) देशभर राष्ट्रिय भिटामिन ‘ए’ संचालन हुँदैछ। ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरेको हो। यसअघि कात्तिक महिनामा नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो। यससँगै, सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल नखुवाउन आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा… पुरा पढौ

आजदेखि राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण सुरु

आज (बिहीबार) देखि राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित ५ खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ। यसअघि, गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले ५ खेलाडी बोलाउने निर्णय गरेको हो। क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको… पुरा पढौ

दक्षिण भारत तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा शक्तिशाली निवार तुफान

दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चलिरहेको समाचार छ। दक्षिणी भारतको तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ। हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय संचारमाध्यमले खबर लेखेका छन्। तमिलनाडु र पुण्डुचेरीका १ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। चेन्नई र पुण्डुचेरीमा अझै ३ घण्टा भारी वर्षा र… पुरा पढौ

आजदेखि भारतीय विदेश सचिव हर्षवद्र्धनले नेपाल भ्रमण गर्दै

आज (बिहीबार) भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल आउँदै छन्। भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएपनि यो पटकको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने अनुमान छ। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्साङ्कन सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार आज (बिहीबार) नै सचिवस्तरीय बैठकसमेत हुनेछ। नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक… पुरा पढौ

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको वल्र्डोमिटरले जनाएको छ। वल्र्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ। संक्रमित ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्। यतिबेला, विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ। कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित… पुरा पढौ

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो । भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । आर्थिक वर्ष २०६४÷६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले… पुरा पढौ

आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित

मंसिर १० काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित भएको छ । आज प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरीषद बैठकले यस अघि मंसिर २७ गते हुने भनिएको निर्वाचनलाई तत्कालका लागि अर्को सूचना जारी नभएसम्म स्थगन गर्नेे निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को मिति नतोकिञ्जेलसम्मका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । यसअघि, कोरोना भाइरसको जोखिमका कारण गत जेठ १९… पुरा पढौ

राजावादीहरुको पोखरामा बृहत प्रर्दशन

मंसिर १० पोखरा । पोखरामा बुधबार राजावादीहरुले बृहत र्‍याली प्रर्दशन गरेका छन् । धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुनस्र्थापना लगाएतको माग गर्दै पोखराको अमरसिंहचोकबाट र्‍याली गरिएको हो । कोरोना संक्रमणको बेवास्था गदै ‘नेपाली जनता जागौं’, ‘राजा ल्याऔं देश र धर्मको रक्षा गरौं’ लगायतका नारा सहित शुरु भएको मोटरसाईकल र कार र्‍यालीले पोखराको बजार परिक्रमा गर्दै मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुको बाइक र कारमा पृथ्वीनारायण शाहदेखि अन्तिम राजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर थियो… पुरा पढौ