कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि ‘धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण’ उपलब्धिमूलक हुने देखिएको छ । नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड पोखराको सहकार्यमा सञ्चालित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न उपलब्धिमुलक हुने देखिएको हो । गत सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, कैलाश आश्रम, चितवनको बाल्मिकी आश्रम, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण एवं सरोकारवालासँगको छलफलले आगामी दिनमा ती स्थानमा पर्यटकीय साझेदारी बढ्ने अपेक्षा…
पुरा पढौ