समाचार

महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग

युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ। ‘सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ’ भन्नेमा सजग रहेको अभियानको शनिवार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो। ‘युवा सजगता अभियानको पालो ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३ सय ४० सदस्यबाट उठेको १० हजार २ सय अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका… पुरा पढौ

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ सहसचिवसमेत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन् । काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस÷रिसवत माग गरी भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई आयोगले पक्राउ गर्ने गरेको छ । यसै क्रममा आयोगले घुस÷रिसवत माग गर्ने सरकारी सेवामा कार्यरत निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल… पुरा पढौ

घोडा चढ्दा घाइते भएका मुख्यमन्त्रीलाई सुर्खेत लगियो

कात्तिक २२ हुम्ला । घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई थप उपचारका सुर्खेत लगिएको छ । प्रदेशले शुरु गर्न लागेको ‘जनतासँग मुख्यमन्त्री’ टेलिभिजन कार्यक्रमको छायाङ्कन लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भएका थिए । उनलाई थप उपचारका लाीग साढे ५ः०० बजे हेलीकोप्टर मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए । आधा बाटोसम्म गाडीमा गएका मुख्यमन्त्री शाही त्यसपछि घोडामा चढेर त्यसतर्फ जानेक्रममा उनले चढेको घोडा… पुरा पढौ

रोल्पा जाँदै गरेको जीप सल्यानमा दुर्घटना

कार्तिक २२ सल्यान । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा तीन जानको घट्नास्थलमै मृत्यु भएको छ । शनिबार साँझ तुल्सीपुरबाट रोल्पाका लागि छुटेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने जीपमा सवार अन्य ५ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । पुरा पढौ

गण्डकीमा ९ हजार बढीमा कोरोना संक्रमण, कास्कीमा सबैभन्दा धेरै संक्रमित

कार्तिक २२ पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई सय ७८ जना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पोखराका एक सय ८६ जना सहित प्रदेशका सो संख्यामा संक्रमित थपिएका हुन् । शनिबार थपिने मध्य एक सय सात जना महिला र एक सय सात जना पुरुष छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले प्रदेशमा कोभिड–१९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यस्तो जानकारी दिएको हो । निर्देशनालयका अनुसार कास्कीमा देखिएका सबै १८६ जना संक्रमित पोखरा महानगरपालिकाका हुन् । जिल्लाका… पुरा पढौ

बरिष्ठ फिजियोथेरापिस्ट डा.खड्गसिंह गुरुङलाई कोरोना संक्रमण

बरिष्ठ फिजियोथेरोपिस्ट डा.खड्गसिंह गुरुङलाई कोरोना संक्रमण भएको छ । डा.गुरुङले शनिबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । केहि दिनदेखी रुघा र ज्वरो आएपछि होम आइसोलेसनमा बसेको तर कम नभएपछि पिसीआर जाँच गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएको डा.गुरुङले उल्लेख गरेका छन् । शुक्रबारसम्म होम आइसोलेसनमा बसेको र शुक्रबारदेखि आफू फिस्टेल हस्पिटलको आईसोलेसन कक्षमा बसिरहेको उनले जानकारी दिए । उनले आफूसँग केहि दिनदेखि सम्पर्कमा रहेकाहरुलाई पिसीआर जाँच गर्न र सतर्कता अप्नाउन आग्रह गरेका… पुरा पढौ

जन्मदिनमा सञ्जीवद्वारा अक्षयकोष र पुरस्कार घोषणा

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कार घोषणा गरेका छन् ।पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त गरेको करिब २ लाखबाट अक्षयकोष बनाउने घोषणा गरेका हुन् । अक्षयकोष ५ लाखको हुने पनि उनले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष रहेका कोइरालाले महासंघ गण्डकी अन्तर्गत संचालन हुने सो कोषबाट आउने… पुरा पढौ

नेपालमा शनिबार थपिए २७ सय ५३ कोरोना संक्रमित

कार्तिक २२ काठमाण्डौं। नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेर १ लाख ९१ हजार ६ सय ३६ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार ४२३ जनामा गरिएको परिक्षणमा एक हजार ७७ महिला र एक हजार ५७६ जना पुरुषमा संक्रमण भएको छ । मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाण्डौं,… पुरा पढौ

जुलोजिकल पार्कको विवाद मिलाएर अगाडि बढ्न युनाईटेड क्लवका सल्लाहकारहरुको सुझाव

पोखराको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर पार्क निर्माणलाई अगाडि बढाउन पोखरा युनाईटेड क्लवका सल्लाहकारहरुले सुझाव दिएका छन् । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा निर्माण हुन लागेको पोखरा जुलोजिकल पार्कमा विवाद आएकाले सो विवाद अन्त्य गरि अगाडि बढ्न युनाईटेड क्लवले नै पहलकदमी लिनुपर्नेमासमेत उनीहरुले जोड दिए । क्लवको पांचौ अधिवेशनबाट निर्वाचित राजु श्रेष्ठको नया टिम र सो टीमले चयन गरेको सल्लाहकारहरुको तेश्रो बैठकमा बोल्ने सल्लाहकारहरुले पोखरा जुलोजिकल पार्कको… पुरा पढौ

कोरोनाबाट स्याङ्जाकी महिलाको पोखरामा मृत्यु

कार्तिक २२ पोखरा । कोरोना संक्रमणबाट पोखराको फेवासिटी अस्पतालमा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । गत कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएकी स्याङ्जाको पुतलीबजार–८ की ७३ वर्षिया महिलाको आज (शनिबार) उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ । यस अघि पोखरा–१७ की एक महिला र नवलपुरको गैंडाकोटका एक गरि दुई जना संक्रमितको संक्रमणबाट मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत अध्यावधीक गराएको थियो… पुरा पढौ