समाचार

नेवार समुदायले भाईटीका (किजापूजा) मंसीर २ गते लगाउने

नेवार समुदायले यस वर्षको भाईटीका (किजापूजा) मंसीर २ गते लगाउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाईटीका मंसीर १ गते भनेर सार्वजनिक गरेपनि नेवार समुदायले मंसीर २ गतेमात्र लगाउने भएको हो । नेवा खलःकास्कीले नेवार समुदायमा अपिल गर्दै आफू मातहतका सम्पूर्ण कचा खलःहरुलाई मंसीर २ गतेमात्र भाईटीका लगाउन आग्रह गर्दै अपिल जारी गरेको छ । नेवा खलः कास्कीका महासचिव सुविन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तीमा एकरुपताका साथ टीका लगाउन नेवार समुदायलाई आग्रह गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाईटीका लगाउन… पुरा पढौ

किरण चेम्जाङको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा

गोलरक्षक किरण चेम्जोङको कप्तानीमा बंगालदेशसंगको २ मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। बिहीबार ढाका जाने खेलाडीसहित ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले बिदाइ गरे। टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन्। विदाइ गर्दै सदस्य सचिव सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरणलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरे। प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये रोहित चन्द र कोरोना संक्रमण देखिएका… पुरा पढौ

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जितको नजिक रहँदा ट्रम्प अदालतमा

अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी जो बाइडेनले अग्रता लिदाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भने अदालत पुगेको अमेरिकी संचार मध्यमहरुले जनाएका छन्। संचार माध्यमहरुका अनुसार ट्रम्पले मत गणनामा धाँधली भएको भन्दै कानूनी दाउपेचमा लागेका छन्। ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफूहरुलाई समावेश नगराएको भन्दै अदालत गएका हुन्। साथै, राष्ट्रपति ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाँधली भएको भन्दै ती मत गणना हुन नहुने बताउँदै आएका छन्। कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान… पुरा पढौ

अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडेन जितको नजिक

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन् । फक्स न्युजका अनुसार जितका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ प्राप्त गरेका छन् । बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्। मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै बाइडेनले मतगणना सकिएपछि आफू विजयी हुने आश्वस्त पारेका छन्। अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ । डोनाल्ड… पुरा पढौ

तनहुँका थप १९ जनामा कोरोना संक्रमण

तनहुँका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको व्यास नगरपालिकाका १४ जना, भानु नगरपालिकामा २ जना, घिरिङ गाउँपालिकामा १ जना र पालिका र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। व्यास–१ का ४० वर्षीय पुरुष र ४० वर्षीया महिला, व्यास–२ की ४१, १५, ३८ वर्षीया महिला र ४६,२४, २०, २७, ६३ वर्षीय पुरुष, व्यास–३ की ३६ वर्षिया महिला, व्यास–९ की ६५ वर्षीया महिला र ४६ वर्षीय पुरुष, व्यास–११ का २९ वर्षीय… पुरा पढौ

तनहुँको शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रमा लकडाउन घोषणा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मंगलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो। यस अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजारसमेत बन्द रहनेछ। अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछन्। ‘पूर्व निर्धारित कक्षा ११ को परीक्षा भने… पुरा पढौ

सुख्खा पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु, दुईको उद्दार

कार्तिक १९ कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ । करिडोर अन्र्तगतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका सडकखण्डमा काम गरिरहेका मजदुरहरुको माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु आज साँझ मृत्यु भएको हो । ग्याविनमा ढुंगा भरिरहेको अवस्थामा अचानक पहिरो खस्दा उनिहरु पुरिएको प्रहरीले जनाएको छ ।पहिरोमा पुरिएर बुलिङटार –४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

गण्डकीमा एकै दिन थपिए २६४ संक्रमित, १३५ संक्रमण मुक्त

कार्तिक १९ पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६४ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । ८०२ जनामा गरिएको नमुना परिक्षणमा प्रदेशका १७५ जना पुरुष र ८९ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । आज थपिने मध्य सबैभन्दा बढी कास्कीका १७९ जना छन् । जिल्लाका ४११ जनामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । यस्तै स्याङ्जाका ४२ जनामा परिक्षण गर्दा २२ जना, तनहुँका ४६ मा १९ जना, नवलपुरका ६० मा १८ जना, म्याग्दीका ८९ मा… पुरा पढौ

टान पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल, उपाध्यक्षमा पन्थी र आचार्य

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् भने सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ चयन भएका छन् । अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन भएका छन्… पुरा पढौ

पोखरा २५ को वडा कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

पोखरा महानगरपालिका वडा नम्बर २५ को कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि वडा कार्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको वडाध्यक्ष शोभाखर तिमिल्सिनाले जारी गरेको सूचनामा जनाइएको छ । सूचनामा वडाबासीलाईसमेत अत्यावश्यक कामबाहेक घरबाहिर हिंडडुल नगर्न आग्रह गरिएको छ । पुरा पढौ