समाचार

कांग्रेस केन्द्रीय समिति बैठक कार्तिकको २४ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कार्तिकको २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा साढे १२ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ। पुरा पढौ

प्रेस युनियन पुरस्कारका संस्थापक केसीको निधनप्रति कास्की युनियनद्वारा दुःख व्यक्त

पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधनप्रति नेपाल प्रेस युनियन कास्कीले दुःख व्यक्त गरेको छ। ‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’ विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनि कामना गरिएको छ। काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रतिष्ठित व्यवसायी केसीले प्रेस युनियन कास्कीको आग्रहमा… पुरा पढौ

कर्जा चुक्ताको ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याज चुक्ता नगर्न र्बैंक तथा वित्तीय संस्थाहरुसँग माग राखेको छ। संघले कर्जा र चुक्ताको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न बैंक तथा वित्तीय संस्थाहरुसँग जोडदार माग गरेको हो। संघले एक विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचीमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गरेको छ। संघले बैंक तथा वित्तीय… पुरा पढौ

भूत पूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष रानाभाट दम्पतीलाई कोरोना संक्रमण

भूतपूर्व खेलाडी मञ्च नेपालका निवर्तमान अध्यक्ष तथा पुर्व अन्तराष्ट्रिय खेलाडी खड्गबहादुर रानाभाट दम्पतीलाई नै कोरोना संक्रमण भएको छ ।पोखरा १७ ड्यामसाईड निवासी रानाभाट र उनकी श्रीमती सकुन सिंहलाई विहीबार कोरोना संक्रमण पुष्टी भएको हो।रानाभाट नौलो घुम्ती नेपालको अध्यक्ष, रानाभाट÷भाट समाजको पुर्व अध्यक्ष, भुतपुर्व खेलाडी मञ्चको संस्थापक अध्यक्ष लगाएत विभिन्न संघसंस्थामा आवद्ध छन् । उनकी धर्मपत्नी सिंह नौलो घुम्ती नेपालका पुर्व सह–सचिव, हाल मणिपाल शिक्षण अस्पताल पोखराको क्याम्पस प्रमुख हुन् ।रानाभाट दम्पती हाल होम आइसोलेशनमा रहेको र अवस्था सामान्य रहेको रानाभाट… पुरा पढौ

पोखरामा १३३ सहित गण्डकी प्रदेशमा २७९ संक्रमित थपिए, १४५ जनाले जिते कोरोना

गण्डकी प्रदेशमा विहीबार २७९ जना कोरोनाका नया संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कास्कीसहित प्रदेशका ११ जिल्लामा सो संख्यामा कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पछिल्लो २४ घण्टामा १३३ जना नया संक्रमित थपिएका छन् । पछिल्लो समय पोखरा कोरोनाका लागि हटस्पट नै बनेको छ । त्यस्तै नवलपुरमा आज एकैदिन १०९ जना नया कोरोना संक्रमित थपिएका छन् । यसैगरी, तनहुँमा १३, पर्वतमा १४, गोरखामा ४, लमजुङ, बागलुङ र स्याङ्जामा २÷२ जना नया… पुरा पढौ

विरोधकाबीच भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । नेपाली सेनाका प्रधान सेनापतिको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई आज शीत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद रहेकै बेला भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमण गरेका हुन् भने यहिबेला उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एकले अर्को देशकालाई मानार्थ महारथीको उपाधि… पुरा पढौ

काठले च्यापिएर ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु

छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो । रासस पुरा पढौ

सीमा नाकाबाट पटाका भित्रिँदै

हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहे पनि तस्करले अन्य विभिन्न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् । तस्करले पर्साका भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाका मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा… पुरा पढौ

नरवणेलाई शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति उपहार

प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति उपहार दिंदै । तस्वीर ः रत्न श्रेष्ठ रासस । पुरा पढौ

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख माक्स

भारत सरकारले नेपाली सेनालाई दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य समाग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे। नेपाल–भारत सुरक्षा सहयोग आदान–प्रदानसम्बन्धी तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स्, चार आइसीयु भेन्टिलेटर, एक्स–रे मसिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इण्डोस्कोपी… पुरा पढौ