समाचार

नेकपा एसले पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याउने

नेकपा एकीकृत समाजवादीले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो । वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पु¥याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरुको व्यवस्थापनलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने भएको छ । पार्टीका अधिकांश नेताहरुले अहिले केही कम्युनिष्टलाई पार्टी एकीकृत… पुरा पढौ

पोखरामा भाइटिका महोत्सव: १०० बढी पर्यटक सहभागी

पोखरा, ६ कात्तिक : होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटिका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको… पुरा पढौ

म कुनै पार्टीमा पनि आबद्ध छैनः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नै नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । “सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागिता समेत नरहने प्रष्ट पार्दछु’’, उनले भने, “मसँग कुनै छलफल… पुरा पढौ

प्रधानमन्त्रीको पर्व परिवारमै सिमित

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष परिवारमै सीमित रहेर पर्व मनाएकी छन्। बडादशैंमा टीका नलगाएकी उनले तिहारमा पनि टीका लगाईनन् ।प्रधानमन्त्रीज्यूको आज कुनै सार्वजनिक कार्यक्रम छैन,ु प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले भने, ुउहाँको आज टीका पनि छैन। प्रधानमन्त्री कार्की आज बाहिर कुनै पनि समारोहमा सरिक नभएको सचिवालयले जनाएको छ ।। जेनजी युवाहरूको एक समूहले प्रधानमन्त्रीको उपस्थितिमा दीप प्रज्ज्वलन सहितको कार्यक्रम रहेको भन्दै सामाजिक सञ्जालमा प्रचार सुरू गरेपछि प्रधानमन्त्री सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको थियो। प्रधानमन्त्रीसँग त्यस्तो कार्यक्रममा उपस्थितिबारे कुराकानीसम्म… पुरा पढौ

तनहुँमा सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीनरतीन करोड बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार देवघाट गाउँपालिका ५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइमा रु तीन करोड, व्यास नगरपालिका ६ स्थित शिशाघाट उपत्यका… पुरा पढौ

सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछः सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् । आज शुभ दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै उनले भने, “युवा पुस्ताको विद्रोहपछि मुलुकमा शान्ति र स्थायित्वमा अन्यौलता देखिएको अवस्थामा सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्यबाटमात्रै देशले निकास पाउनेमा विश्वस्त छु ।” उनले युवाहरूले उठाएका भ्रष्टाचारको अन्त्य र सुशासनका मागलाई पूरा गर्न सबैको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरे… पुरा पढौ

तनहुँको मानुङकोटमा आन्तरिक पर्यटक बढे

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।चिसो मौसम सुरु भएसँगै मानुङकोटबाट सूर्योदयसँगै देखिने कुहिरोले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने दमौलीका सोमबहादुर नेपालीले बताए । बन्दीपुर गाउँपालिका–२ का सुदिन पौडेलले दमौली बजारलाई कुहिरोले धपक्क छोपेको दृश्य हेर्नका लागि मानिसहरु आउने गरेको सुनाए । मानुङकोट हिलटप होटलका… पुरा पढौ

आज तिहारको मुख्य दिन भाइटीका,रानीपोखरीमा दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनार्इएको छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका छन् । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समयमा टीका लगाईएको हो ।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक… पुरा पढौ

पुनर्निर्माण र नयाँ निर्वाचनका लागि सहयोग गर्न मित्रराष्ट्रलाई अध्यक्ष दाहालको आग्रह

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहेका उनले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।महासभामा सहभागी हुन पुगेका संयुक्त अधिराज्य ९बेलायत०, जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस विज्ञ दिल्ली मल्लले जानकारी दिए । आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहेका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल… पुरा पढौ

जलेको घर हेर्न ओली बालकोटमा,घर मर्मत नगर्ने,गुण्डुमा ‘ओली कुटी’ बन्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेनजी प्रर्दशनका नाममा जलाएर ध्वस्त पारिएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् । उनी गत भदौ २४ गते बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक अवकलोकनमा पुगेका हुन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले त्यसक्रममा रोष प्रकट गरे ।घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए… पुरा पढौ