समाचार

विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ”, समवेदनामा भनिएको छ, “उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका… पुरा पढौ

नेप्से परिसूचक २२ अङ्कले घट्यो

धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ । कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ । म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन् । व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव… पुरा पढौ

६६५ प्रहरी निरीक्षकको सरुवा, कास्कीमा १७ जनाको सरुवा

नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। प्रधान कार्यालयको मानव स्रोत विकास विभागले उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ। कास्कीमा साविकको विभिन्न कार्यालयबाट १७ जनाको सरुवा भएको छ । कास्कीमा वडा प्रहरी कार्यालय बगरका देवराज भट्टराई,जिल्ला प्रहरी कार्यालय कास्कीका किरण थापा मगर, सरला ढकाल, जिल्ला टाफिक प्रहरी कार्यालयका शोभा पाण्डेय गरी विभिन्न कार्यालयका १७ जना… पुरा पढौ

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल,संसद् पुनस्र्थापनाको पक्षमा एमाले स्पष्ट देखियो

सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा विघटित प्रतिनधिसभामा रहेका ६ वटा दलका नेताहरू सहभागी भएका थिए । सो बैठकमा संसद् पुनस्र्थापनाको पक्षमा एमाले स्पष्ट देखिएको छ भने बाँकी दलले चुनावी वातावरण खोजेका छन् । बैठकमा सहभागी नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेका स्मरण गर्दै उनले त्यसका लागि धन्यवाद दिए । अब पनि संवैधानिक… पुरा पढौ

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ ९आइपियु०को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा सम्पन्न हुँदैछ । उक्त महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आइपियुको महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक… पुरा पढौ

विरोधीलाई ओलीको जवाफ : म बिग्रिएको भए पो सप्रिनू

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै बोली दोहोर्याएका छन् । नेकपा एमालेको दशौं केन्द्रीइ कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले आफू कहिल्यै नबिग्रिएको जिकीर गरे । विरोधीहरुले ओली ‘अझै सप्रिएन भनेको प्रसंग कोट्याउँदै उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू।' उनले आफू सप्रिनलाई देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो भन्ने प्रश्न गर्दै त्यसो हो भने केपी ओलीले उक्त अडान नछाड्ने सपाट झवाफ दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी भित्रका आफू विरोधीहरु भने… पुरा पढौ

विन्दुवासिनी संस्कृत क्याम्पसका आर्थिक शाखा प्रमुख पराजुलीमाथि लगाइएको आरोप अनेरास्ववियू क्रान्तिकारीद्वारा फिर्ता

सन्देश श्रेष्ठपोखरा, असोज २९ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसका आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली माथि लगाएको आरोप फिर्ता लिएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले बुधबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसका आर्थिक शाखा प्रमुखले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको भनेर लगाएको आरोप फिर्ता लिएको हो । संगठनका क्याम्पस ईञ्चार्ज दामोदर सञ्जेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘केहि प्राध्यापकहरुको झूटा सूचनाका आधारमा आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली… पुरा पढौ

मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि… पुरा पढौ

पोखरामा पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो । यस वर्ष डेङ्गु सङ्क्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गु सङ्क्रमण नियन्त्रण तथा… पुरा पढौ

कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी

पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा ९डिबी० सर्वसम्मत चयन भएका छन् । मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन् । सङ्घको शिक्षक प्रतिनिधिमा लक्ष्मी गिरी तथा पदेन सदस्यहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डिबी विश्वकर्माले विद्यालयको… पुरा पढौ