समाचार

ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा त्यसको कडा प्रतिवाद गर्ने एमाले नेता अधिकारीको चेतावनी

नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा एमाले कार्यकर्ताहरूले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीेले आज आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले केपी ओलीलाई गिरफ्तार गर्‍यो भने कास्कीले सबभन्दा ठूलो जुलुश निकाल्ने र कास्कीले जिम्मा लिने दावी गरे ।उनले भने, ‘भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो । धेरै शहीदहरुले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरुले… पुरा पढौ

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो ।सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । “मुख्य… पुरा पढौ

पोखराको लिचीबारी प्रकरणको मुद्दा विशेष अदालतमा

पोखराको वडा नं. १६ मा रहेको लिचीबारी जग्गा प्रकरण सम्बन्धी मुद्दा विशेष अदालतमा पुगेकोे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाको फाइल दिउँसो विशेष अदालत पु¥याएको थियोे । पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकार र एमाले नेताहरुको ठाडो हस्तक्षेपमा आयोगले असारमा सार्वजनिक भएको घुस प्रकरणमा मुछिएका तीन मन्त्रीहरुको सक्दो संरक्षण गरेको चर्चाका बिच अख्तियारसम्वद्ध स्रोतका अनुसार, फाइल… पुरा पढौ

पोखरेली नीजि क्षेत्रले भन्यो : ‘जेनजीको नाममा भएको तोडफोड र आगजनी गर्नेलाई कारवाही, उनीहरुबाटै क्षेतीपूर्ती भराउ

सन्देश श्रेष्ठपोखरा, असोज २२ पोखरेली नीजि क्षेत्रले जेनजीको नाममा विध्वंश मच्चाउनेलाई कारवाहीको माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी/व्यवसायी माथिको आक्रमणले निम्त्याएका बहुआयामिक असर निराकरणका उपायहरु’ विषयक अन्र्तक्रियामा बोल्ने नीजि लगानीकर्ताहरुले गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनको मौका छोपेर विध्वंश मच्चाउनेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । साथै उद्योग÷व्यवसायमा पुगेको क्षेतीपूर्ती विध्वंश मच्चाउनेहरुबाटै भराउन पनि उनीहरुको माग छ । जेनजीले उठाएको भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताप्रति नीजि क्षेत्रको ऐक्यबद्दता रहे पनि… पुरा पढौ

सामाजिक सञ्जालमा जथाभाबी लेख्ने पोखराका थापा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुष्पक नामको फेसबुक पेज सञ्चालन गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो। ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नं ९ को बासिन्दा रहेको प्रहरीले जनाएको छ।उनले स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने तथा फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने गरेको खुलेको छ । प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको… पुरा पढौ

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा ल्याउन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो । वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिदबिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा ल्याउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए । म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्वारा तनहुँका क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् । मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयको निरीक्षण गर्दै क्षतिको विवरणबारे चासो राखे । त्यसक्रममा उनले कार्यालयबाट हाल भइरहेका सेवाप्रवाहका बारेमा पनि जानकारी लिए । मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास, विभिन्न… पुरा पढौ

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो पहाड खसेर बनेको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो । बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए । मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते… पुरा पढौ

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताए । राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे… पुरा पढौ

ब्रिटिश सांसदले शुरु गरे, लन्डन–काठमाडौं सिधा हवाई उडानमा दबाब दिन हस्ताक्षर अभियान

ब्रिटेनमा लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि हस्ताक्षर अभियान थालिएको छ । ब्रिटेनको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले सिधा हवाइ उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । लन्डनको ह्यारो वेष्टबाट निर्वाचित सांसद ग्यारथले नेपाली समुदायको माग बमोजिम उक्त अभियान सुरु गरेका हुन्।यनी त्यहाँबाट चौंथो पटक निर्वाचित सांसद हुन् । ‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतका सबैभन्दा छिटो बढ्दै गरेका र जीवन्त प्रवासी समूहहरूमध्ये एक हो’ ग्यारथले आफ्नो पिटिशनमा भनेका छन्, ‘ऐतिहासिक रूपमा बेलायत र… पुरा पढौ