समाचार

पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर, गाउँ भने सुनसान जस्तै

शिशिर उजाडपोखरा तिहार भित्रिएपछि पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा काग तिहारको दिन देखि नै भैलो खेल्न थालेका छन् । कास्की प्रशासनले राती १० बजे पछि देउँसी भैलो खेल्न रोक लगाए पछि दिउँसो देखि नै बिभिन्न समुहको नाँच गानले बजार गुञ्जने गरेको छ । ससाना बालबालिका पनि पाँच सात जनाको समुह बनाएर पसल पसलमा पुगी देउँसी भट्याएर रमाईलो गरिरहेको देखिन्छ । परम्परा, सँस्कृति र इतिहास झल्कने गरी नृत्य सहितको देउँसी भैलो कमै… पुरा पढौ

‘बैंक लुटेर बुलेट बाइक’

कात्तिक ३ जेनजी आन्दोलनमा लुटेको पैसाले एक युवाले बुलेट बाईक खरिद गरेको खुलासा भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको तोडफोड र आगजनीको मौकामा भएको लुटपाटमा संलग्न दोलखाका दीपक श्रेष्ठले लुटेको पैसाले बुलेट बाईक खरिद गरेको पाइएको हो । घटनापछि समातिएका उनले आफूले लुटेर लगेको पैसामा केहि थपेर बुलेट बाईक खरिद गरेको वयानमा स्वीकारेको काठमाडौं प्रहरीले जनाएको छ । उनले बैंकबाट २ लाख ५० हजार क्यास र साथमा ३ थान… पुरा पढौ

सहारा क्लवले देउसी भैलोको सट्टा च्यारिटी डिनर नाईट कार्यक्रम गर्ने

पोखरा, कात्तिक ३ सहारा क्लब पोखराले यस वर्ष देउसी भैलो कार्यक्रम नगर्ने भएको छ । क्लवले पोखरा–१७, दोबिल्लामा संचालन गरिरहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ नेपालीको दोस्रो ठूलो चाँड तिहारको अवसरमा वर्षेनी गर्दै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नगर्ने भएको हो । बरु क्लवले देउसी भैलो कार्यक्रमको सट्टा यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने जनाएको छ । क्लवले पहिलो पटक नया कन्सेप्टमा गर्न लागेको च्यारिटी डिनर नाईट कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार गर्न लागेको… पुरा पढौ

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका-२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती-३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको… पुरा पढौ

सुन-चाँदीको मुल्य सामान्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

नेपाली बजारमा आज सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको… पुरा पढौ

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि… पुरा पढौ

तिहारको तेस्रो दिन: नरक चतुर्दशी, कुकुर तिहार

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउछन। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने… पुरा पढौ

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा… पुरा पढौ

पर्यटक लुट्न खोज्ने २ जना कास्की प्रहरीको नियन्त्रणमा

पोखरा घुम्न आएका पर्यटकलाई लुट्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा घुम्न आएका जर्मन पर्यटक एन्स पिटर नार्जिनलाई आईतबार पोखराको अनँदुमा हतियार देखाएर लुट्न खोज्ने २ जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तनँहुको व्यास घर भई पोखरा बस्ने बिशाल दर्लामी र पोखरा ९ कृष्णटोलका नविन विक रहेका छन् । उनीहरुलाई अनँदुबाट नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।पक्राउ परेका दुवै जनालाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ६६ वर्षका पिटर… पुरा पढौ