पोखरा, कात्तिक ३
सहारा क्लब पोखराले यस वर्ष देउसी भैलो कार्यक्रम नगर्ने भएको छ । क्लवले पोखरा–१७, दोबिल्लामा संचालन गरिरहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ नेपालीको दोस्रो ठूलो चाँड तिहारको अवसरमा वर्षेनी गर्दै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नगर्ने भएको हो । बरु क्लवले देउसी भैलो कार्यक्रमको सट्टा यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने जनाएको छ ।
क्लवले पहिलो पटक नया कन्सेप्टमा गर्न लागेको च्यारिटी डिनर नाईट कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार गर्न लागेको क्लबका नवनिर्वाचित अध्यक्ष केशवबहादुर थापाले सोमबार एभरेस्ट एफएममा अन्तरवार्ताको क्रममा जानकारी दिए । उनका अनुसार च्यारिटी डिनर नाईट कार्यक्रम पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्युटमा हुनेछ । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने अध्यक्ष थापाले बताए । कार्यक्रममा भ्वाईस अफ नेपालकी गायीका नीता पुनको पनि प्रस्तुती रहने उनले बताए ।
सशुल्क हुने कार्यक्रममा सहभागीले प्रवेशका लागि २ हजार ५ सय रुपैयाँको टिकट काट्नुपर्ने जनाइएको छ । टिकटमा तिरेको रकमले खाना र खाजा उपलब्ध गराईने जनाइएको छ ।
च्यारिटी कार्यक्रमबाट खर्च कटाई बचत हुने रकम क्लवद्वारा सञ्चालित सहारा एकेडेमीको कोषमा जम्मा गरिने क्लब अध्यक्ष थापाले बताए ।
दोबिल्लास्थित सहारा एकेडेमीमा हाल चौथो ब्याच चलिरहेको छ । जसमा १४ जिल्लाका कठीन परिस्थिति तथा विपन्न वर्गका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदैआएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १२ कास्कीमा कांग्रेसको विशेष महाधिवेशन हुनुअघिसम्म अहिलेको संस्थापन पक्ष…







