समाचार

कक्षा ७ की छात्राले औँल्याइन संविधान संशोधनको बुँदा

संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । “संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाका ‘अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा ७ बमोजिम पद रिक्त… पुरा पढौ

नमूना आमा समुह बैदाममा सकुन्तला

पोखरा । चैत्र २२ । नमुना आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सकुन्तला अधिकारी सर्वसम्मत चयन भइएकी छन् । संस्थाको विहीबार सम्पन्न ९ औ अधिवेशन तथा १७औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।संस्थाको बरिष्ठ उपाध्यक्षमा मिरा अधिकारी, प्रथम उपाध्यक्षमा राधादेवी अधिकारी, द्वितीय उपाध्यक्ष भगवती कोइराला, तृतीय उपाध्यक्ष हिरादेवी तिमिल्सिना, सचिवमा अम्बिका आर्चाय पहारी, कोषाध्यक्षमा कलावती सापकोटा, सहसचिव पवित्रा कडेल र सहकोषाध्यक्ष मञ्जु अधिकारी चयन भए । यसैगरी सदस्यहरूमा मञ्जु पहारी, धनुमाया… पुरा पढौ

सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित

तनहँको बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन् । बन्दीपुर– ५ कोरीखाका लीलाबहादुर गुरुङले विसं २०७३ सुरु गरिएको घरबास ९होमस्टे० यही बाटोका कारण सञ्चालनमा समस्या… पुरा पढौ

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।” थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार… पुरा पढौ

मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो । मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण-मुक्तिनाथ रथयात्रा टोली… पुरा पढौ

डढेलोका बहुअसरहरु यस्ता छन्

गण्डकी । नेपालको वनजङ्गल बर्सेनि डढेलोको चपेटामा पर्दै आएको छ । चैत–वैशाखको सुक्खायाममा एकै दिनमा देशका सयौँ स्थानमा डढेलो लाग्ने गरेको वन तथा भू–संरक्षण विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्र देशभरि पाँच हजार २१७ स्थानमा डढेलोका घटना भएका थिए । सानानिता डढेलोका घटनाको लेखाजोखा नै हुने गरेको छैन । डढेलो फैलने क्षेत्रफल र त्यसले वनजङ्गलमा पु¥याउने क्षति आकलनबाहिर रहेको विभागका पदाधिकारी बताउँछन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदीप छत्कुलीका अनुसार गत साता मात्र देशका २७२… पुरा पढौ

नमुना आमा समुह बैदाममा अध्यक्षमा सकुन्तला चयन

पोखरा । नमुना आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सकुन्तला अधिकारी सर्वसम्मत चयन भइएकी छन । संस्थाको विहीबार सम्पन्न ९ औ अधिवेशन तथा १७औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा मिरा अधिकारी, प्रथम उपाध्यक्षमा राधादेवी अधिकारी, द्वितीय उपाध्यक्ष भगवती कोइराला, तृतीय उपाध्यक्ष हिरादेवी तिमिल्सिना, सचिवमा अम्बिका आर्चाय पहारी, कोषाध्यक्षमा कलावती सापकोटा, सहसचिव पवित्रा कडेल र सहकोषाध्यक्ष मञ्जु अधिकारी चयन भएका छन । यसैगरी सदस्यहरूमा मञ्जु पहारी, धनुमाया रुकु… पुरा पढौ

म्याग्दी नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण सुरु

म्याग्दी । म्याग्दी नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए । “म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,” उनले भने, “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक… पुरा पढौ

म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

म्याग्दी । म्याग्दीमा बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए । “राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो”, उनले भने, “हाललाई सहज यातायात सुविधा… पुरा पढौ

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो । रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को… पुरा पढौ