समाचार

वडा कार्यालय र प्रहरी चौकी बनाउन ३३ लाखको जग्गा दान

पर्वत । फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि रु ३३ लाख ५० हजारको ९ रोपनी जग्गा दान गरेका छन् । फलेवास–५ खानीगाउँका बासिन्दाले चन्दा सङ्कलन गरी जग्गा किनेर नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका साथै स्वदेश तथा विदेशमा रहेकाहरुले समेत जग्गा खरिद गर्न सहयोग गरेका स्थानीय समाजसेवी भोलानाथ शर्मा लम्सालले जानकारी दिए । प्रहरीको भवन निर्माण गर्न पाँच रोपनी तीन आना तथा वडा कार्यालय निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिएको… पुरा पढौ

कालिका गण मालेपाटनले मनायो २०औं बार्षिकोत्सब

पोखरा । शान्ति, सुरक्षाका लागि २०६१ चैत २१ गते पोखरामा स्थापित सशस्त्र प्रहरी बलको कालिका गणले बिहिबार २०औं स्थापना द्वस मनायो । तत्क्ल्न अवश्थामा सशस्त्र प्रहरी बल कालिका गणको नाममा स्थापित भई २०७५ सालमा सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका गण मालेपाटन, पोखरा कास्की नामाकरण भएको गण अहिले विपद् व्यावस्थापन र शान्ति सुरक्षामा तल्लीन छ । गणले बिहिबार बिभिन्न क्षेतेरका सहयोगि व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा मुक्तिनाथ बाहिनीका बाहिनीपति… पुरा पढौ

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण प्रवचन

लेखनाथ,२१ चैत्त । रामनहमीको अवसर पारेर कास्कीको पोखरा महानगरपालिका वडा नं ३० को शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रमा महाभारतमा आधारीत रामायण पाठपरायण संचालन भएको छ । शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रको आयोजनामा यहि चैत्र १७ गते देखि २५ गतेसम्म संगितमय भगवान रामको महिमामा आधारित रामायणको प्रवचन गरिदै आएको सेवा केन्द्रका अध्यक्ष तारा प्रसाद पौडेलले जानकारी दिएका छन् । दैनिक सय भन्दा वढि जेष्ठ नागरिकको उपस्थिती रहने सेवा केन्द्रले विशेष प्रकारका चाडवाडलाई आधार मानी यस पटक रामनहमीको अवसरमा रामायणको पाठपरायण गर्दै… पुरा पढौ

समय सहकारीद्वारा कोपिला नेपाललाई खाद्य सामग्री सहयोग

पोखरा, चैत २२ समय बचत तथा ऋण सहकारी संस्था लिमिटेड दरबारथोक पोखराले कोपिला नेपाललाई खाद्य सामग्री सहयोग गरेको छ । १७ औं स्थापना दिवसको अवसर पारेर सहकारीले कोपिला नेपालमा आश्रित विपन्न महिलाहरुका लागि खाद्य सामग्री सहयोग गरेको हो । सहकारीले चामल, दाल, तेल, बिस्कुट, तरकारीलगायतका खाद्य समग्री सहयोग गरेको सहकारीकी प्रबन्धक विधाता श्रेष्ठ द्वाले जानकारी दिईन् । कार्यक्रममा सहकारीका अध्यक्ष शिवप्रसाद द्वा, उपाध्यक्ष मदनप्रसाद द्वा, प्रबन्धक विधाता श्रेष्ठ द्वा, सचिव अनिल बड्गामी, कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए… पुरा पढौ

ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला हुने, भलिबलको उपाधि राशी १ लाख १० हजार

पोखरा, २१ चैत्र ।   कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ ।स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला आयोजना हुने भएको हो । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार उक्त मेला यही २४ गतेदेखि २७ गतेसम्म ल्वाङगाउँको खेलमैदानमा सञ्चालन हुनेछ ।सो मेलामा मुख्य आकर्षणको रुपमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको अध्यक्ष गुरुङले बताए । पुरुष… पुरा पढौ

मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ । बेनीबाट मुना–खोरीया–मरेनी हुँदै… पुरा पढौ

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४… पुरा पढौ

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा महानगरपालिका र केसी समूहको सहयोगमा गरिएको हो । होटल बाराहीमा गरिएको सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेका थिए ।… पुरा पढौ

जलविद्युत् निर्माणको कामले मनाङमा स्थानीय र पर्यटकलाई सास्ती

मनाङ । मनाङ जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा एक सय ३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ(मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाग्नुपरेको छ । जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो । मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको आगमन हुने गर्दछ । बिना जानकारी आयोजना निर्माणस्थलमा बमब्लाष्टिङ गरिँदा पैदलयात्रामार्फत यहाँ आउने पर्यटक तर्सने गरेका छन् । आयोजना निर्माण क्षेत्रमा पर्ने स्थान भएर आउने पर्यटकले… पुरा पढौ

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ । मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र… पुरा पढौ