समाचार

नेराशिसं पोखरा महानगरको १६ बुँदे घोषणापत्रसहित छैटौँ परिषद तथा शिक्षक सम्मान सम्पन्न

१८ फागुन पोखरा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर समितिले १६ बुँदे घोषणापत्रसहित छैटौँ परिषद तथा शिक्षक सम्मान सम्पन्न गरेको छ ।कार्यक्रममा  नेराशिसं पोखरा महानगरले सङ्गठन सुदृढीकरण र विस्तारका लागि '१६ बुँदे घोषणापत्र' र २०८०/१२/२८ देखि २०८१/११/१६ गते सम्म सेवा निवृत्त भएका २८ जना र गत वर्ष  छुट भएका ४१ जना गरी कुल ६९ शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको हो।   कार्यक्रमका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य दामोदर पौडेलले शिक्षा ऐन नआउँदा शिक्षकहरु निराश हुनु स्वभाविक भए ता पनि शिक्षकले चाहेको जस्तो… पुरा पढौ

क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान चाहिएको छ : पारस खड्का

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटको भविष्य सुनिश्चित गर्न एक सुविधा सम्पन्न मैदान चाहिएको बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपिएफभन्दा पर’ सेसनमा सचिव खड्काले क्रिकेट र नेपाल प्रिमियर लिग (एनपिएल) को भविष्य सुनिश्चित गर्न एउटा सुविधा सम्पन्न क्रिकेट मैदान आवश्यक रहेको बताएका हुन् । ‘अब एनपिएलको भविष्य र क्रिकेटको भविष्य सुनिश्चित गर्ने हो भने चाहिँ अहिले अनिवार्य रुपमा चाहिएको भनेको एउटा सुविधा सम्पन्न क्रिकेट मैदान छ,’ उनले भने… पुरा पढौ

पोखरामा गुञ्जियो ‘मौनतामा’

पोखरा ।‘मौनतामा अल्झिरहेको एउटा जीवनकहाँ जाने ? कसलाई सोध्ने ? कस्लाई खोज्ने ?…’ यो गीत गुुञ्जाउदै गायक ओमविक्रम विष्ट पोखरामा झुल्किएका छन् । २०३० को दशकदेखि नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका उनका गीतले फेवाताल किनार गुञ्जियो । पोखरामा भेला भएको साहित्यपारखी मन्त्रमुग्ध भए । ओमविक्रमलाई पोखरामा गुञ्जाउने चाँजोपाँजो मिलाएको हो, १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलले । फागुन १५ गतेदेखि जारी फेस्टिभलको तेस्रो दिनको साँझ संगीतमय बन्यो । ओमविक्रमलाई सुन्न पोखरामा नयाँ र पूराना दुवै पुस्ताका… पुरा पढौ

कामसूत्र : रस, रति र रहस्य

पोखरा । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको अन्तिम सेसनमा गाफिए– कवि, समालोचक र नाटककारका शिव सङ्कल्प र लेखक, सम्पादक तथा छन्दवाचक भूषिता वशिष्ठ । कामसूत्रः रस, रति र रहस्य विषेयक सेसनमा सङकल्प र वशिष्ठले करिब एक घन्टा संवाद गरे । उक्त संवादमा शिव सङ्कल्पले प्रस्तुत गरेको सम्पादित अंशः हाम्रो परम्परा, दर्शनमा जीवनका ४ उद्देश्य बताइएका छन् । धर्म, अर्थ, काम र मोक्क्ष । मोक्क्षको विचार सबैका लागि सहज हुँदैन र मोक्क्षको अवधारणा बुझ्नै धेरैलाई समस्या हुन्छ… पुरा पढौ

किन जोगाउने अभिलेख ?

पोखरा । नेपालमा प्राचीन अभिलेख र ग्रन्थको संरक्षणको काम गर्ने सरकारी संयन्त्र राष्ट्रिय अभिलेखालय छ । त्यसबाहेक पनि व्यक्तिगत हिसाबले पुराना ग्रन्थ, तस्वीर, भिडियो संकलन गर्नेहरू छन् । तर, अभिलेख किन संकलन र संरक्षण गर्ने ? पोखराको फेवाताल किनारमा शनिबार यही विषयमा संवाद भयो । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘किन जोगाउने अभिलेख ?’ सत्रमा अर्काइभल साइन्स अध्यापक दीपक अर्यालसँगको संवादमा इतिहासकार दिनेशराज पन्तले विगतबारे थाहा पाउन र भविष्यमा अध्ययन गर्न चाहनेका लागि इतिहास जोगाउनुपर्ने बताए । मूल सामग्री संरक्षण… पुरा पढौ

फेस्टिभलको चोथौ दिन पोखरामा गुन्जियो विद्यार्थीको कविता

जीवनका सत्य कसले भनिदियो तिमीलाई रुपले अर्थ राख्दैनतर आवरण हेरेरै त किताब किनिन्छक्षणभरमै कसलाई कहाँ चिनिन्छआआफनो सोच समयले बदल्छ हेर्ने दृष्टिमन बुझन त लाग्छ विस्तारै सृष्टिपहिलो छाप अन्तिम छाप हुन्छ रेफूल भनी काँडा टिप्दा बरा मनुष्य कति रुन्छ रेसौन्दर्य अवश्य वरदान तर साँचो श्राप पनिचम्किन्छ जून तर डुब्छ रातपनिचम्किने चीज सबै हिरा हुँदैनन्सबै साथी साथी हुँदैनन्सबै तिमीलाई राम्रा भन्ने आफना हुँदैनन्गड्यौला कि सर्प छेऊमै के थाहाछेपाराले पनि त फेर्छ अनैकै देह पोखरा । प्रतिभा मावि कक्षा १२ मा विज्ञान विषय… पुरा पढौ

‘समुदायमा पुस्तकालयको पहुँच छैन’

पोखरा । समुुदायस्तरमा सार्वजनिक पुस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गरेका छन् । घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उनको भनाइ छ । उनीहरु भन्छन्, ‘घर वरपर पुस्तकालय छैन । विद्यालयको पुस्तकालयले अभाव टारेको छ । रुची अनुसारको किताब नहुँदा आफैंले किनेर पढ्छौ ।’ पोखराको लेकसाइडस्थित बारहीघाटमा जारी १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा आइतबार ‘विद्यार्थीसँग किताब’ को चर्चा भयो । राजनीतिज्ञ रसिसहरि भण्डारीसँग गण्डकी बोर्डिङ स्कुलकी प्रेन्सा रेग्मी, भानुभक्त माविका सुविन विक, बालोदय… पुरा पढौ

नयाँ व्यवस्थापन सहित बोत्तल हाउस संचालनमा

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ । पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाहरुले होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएका छन् । पोखरा १६ जोगिमणीस्थित माझकुनामा संचालनमा रहेको बोत्तल हाउस नयाँ व्यवस्थापन सहित थप सेवा र सुविधाका साथ संचालनमा आएको हो । पर्यटकीय क्षेत्र महेन्द्र गुफावाट करिव ३ किलोमिटरको दुरीमा रहेको रिभरसाईड बोत्तल हाउस स्थानिय ईन्जिनियर गोविन्द आचार्य गोपीले नयाँ व्यवस्थापन सहित संचालनमा ल्याएका हुन् । शुक्रवारदेखि… पुरा पढौ

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको… पुरा पढौ

दूध बेचेर मासिक रु एक लाखसम्म बचत गर्दै व्यवसायी सापकोटा

गलकोट । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन्। निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक… पुरा पढौ