समाचार

गोरखाका आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण

गोरखाको जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिइएको हो । चालु आर्थिक वर्षभित्र सर्वेक्षण पूरा गर्न दुवै कम्पनी सर्वेक्षणमा जुटेका छन् । चुन्चेत र सिर्दिबासमा २०३ मेगावाट क्षमताको ‘माथिल्लो… पुरा पढौ

पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । भवनको लागत मूल्यअभिवृद्धि करसहित रु नौ करोड ७३ लाख ६४ हजार ८१३ छ । पालिकालाई भवन हस्तान्तरण भएपछि सङ्घीय सरकारको सहयोगमा उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना उपाध्यक्ष… पुरा पढौ

कास्कीको मादी गाउँपालिकामा स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता हुने

फागुन १८ पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी फागुन २७ गतेदेखि दोस्रो अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । आइतबार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले स्थापना दिवसमा विविध कार्यक्रम गरेर मनाउन लागिएको जानकारी दिए । जस अन्तरर्गत भलिबल प्रतियोगिता मुख्य कार्यक्रम रहेको छ । प्रतियोगिता गाउँपालिकाको वडानम्बर ६ याङ्जाकोटमा २९ गतेसम्म सञ्चालन हुनेछ… पुरा पढौ

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएका तीन विधयेकमा राष्ट्रियसभाको सहमति

फागुन १८ काठमाण्डौं । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि उद्योग,… पुरा पढौ

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’ : मेयर आचार्य

फागुन १८ पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा… पुरा पढौ

सराङकोटमा महायज्ञ जारी, आइतबार मात्रै २० लाख बढी दान संकलन

फागुन १८ पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३… पुरा पढौ

पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

पोखरा, फागुन १८ पोखरामा भोलिदेखि दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि शुरु हुने प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिता इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा हुने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन पुनले जानकारी दिए । प्रतियोगितामा पोखराका विभिन्न ९ वटा क्लब सहभागि हुने पुनले बताए । उनका अनुसार प्रतियोगितामा माछापुच्छे क्रिकेट क्लब, लेखनाथ… पुरा पढौ

समाज खोजिरहेको सिनेमा

पोखरा । साहितयका, फिल्म निर्देशक, गीतकार, लेखक तथा कवि । उपेन्द्र सुब्बाको परिचय यतिमा मात्रै सीमित छैन । उनी आफ्नो समुदायलाई एकदम माया गर्ने मान्छे हुन्, र त आफ्नै समुदायको कथालाई केन्द्रमा राखेर ‘जारी’ फिल्म निर्माण गरेका छन् । सन्दर्भ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको अन्तिम दिनको हो । आइतबार भएको सेसनमा उनले भने अनुसार उपेन्द्रलाई प्रश्न सुन्दर पक्ष लाग्ने रहेछन् । सेसनमा सुब्बासहित वक्ताका रुपमा शान्ता नेपाली र दीपक रौनियारको समेत सहभागिता थियो भने सहजकर्ता रीना… पुरा पढौ

यात्रा र पर्यटन साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न

पोखरा, फागुन १८ यात्रा र पर्यटन सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय र लिटेररी एसोसियसन अफ नेपालको संयुक्त आयोजनामा यात्रा र पर्यटन विषयक ४५औं अन्तर्राष्ट्रिय सम्मेलन पोखराको लेकसाईडमा आयोजना गरिएको हो । सम्मेलनमा विश्वका ६ देशका ४६ जना प्रमुख शोधकर्ताहरूले कार्यपत्र प्रस्तुत गरे । दुई दिनसम्म भएको सम्मेलनका विविध शत्रहरूमा यात्रा र पर्यटन साहित्यका क्षेत्रमा भएका विभिन्न पहलहरूको चर्चा गरिएको छ । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश नीति तथा… पुरा पढौ

भारतीय गाडीलाई अस्थायी भन्सार पास अब पोखराबाटै

पोखरा, फाल्गुन १८ भारतीय गाडीहरुको अस्थायी भन्सार अबदेखि पोखराबाटै हुने भएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाटै अब भारतीय गाडीहरुको अस्थायी भन्सार म्याद थप हुने भएको हो । भारतीय गाडीहरु पोखरा आएका बेला भन्सार अवधी सकिएको अवस्थामा उनीहरुलाई अस्थायी भन्सार म्याद थप गर्न सकिने व्यवस्था गरिएको भन्सार एजेन्ट संघ कास्कीले जनाएको छ । उनले भने,‘पोखराबाटै गाडीको म्याद थप गर्ने व्यवस्था भइसकेको छ । सम्पूर्ण प्रक्रिया टुंगिइसकेको छ । अब एजेन्टहरुले आईडी र पासवर्ड पाउने वित्तिकै त्यो काम शुरु… पुरा पढौ