समाचार

पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो । उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल… पुरा पढौ

तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला पोखरामा आज, प्रचण्डले उद्घाटन गर्ने

पोखरा, फागुन ९ तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला आज पोखरामा आयोजना हुँदैछ । लामो समयदेखि निस्कृय रहेको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई सकृय बनाउने उद्देश्यले भेला हुन लागेको हो । भेला पोखरा १० काजीपोखरीस्थित पैयूँखोला तमु समाज भवनमा पूर्वाह्न ११ बजे शुरु हुने जनाइएको छ । भेलालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको तमु मुक्ति मोर्चाले जनाएको छ । पुरा पढौ

एमालेले आज कास्कीमा वडा केन्द्रीत पार्टी निर्माण अभियान थाल्दै

पोखरा, ९ फागुनसंगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा आजदेखि सुरू गर्दैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान सुरू गर्न लागेको हो ।अभियानको सुरूआत जिल्लाका एमाले नेता–कार्यकर्तालाई अभिमुखीकरण गराएर हुने नेकपा (एमाले)कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पोखरा सभागृहमा आज बिहान ठिक ११ः१५ बजे यो कार्यक्रम सुरू हुनेछ ।कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर… पुरा पढौ

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल एक खेल अगावै फाइनलमा

फागुन ८ काठमाण्डौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।… पुरा पढौ

मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड

फागुन ८ गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिका–१०, मिरकोटमा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध पहल थालिएको बताए । “कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलाप बढाउँदै युवाका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न हाम्रो पार्टीले पनि योजनाबद्ध पहल थालेको छ”, अध्यक्ष प्रचण्डले भने, “नेपालमा धेरै कुराको… पुरा पढौ

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने

फागुन ८ काठमाडौं । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिष्दले निर्णय गरेका १३ निणर्य सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका… पुरा पढौ

गण्डकीमा मानव अधिकार उलंघनको घटनामा ५०४ जना पीडित : ईन्सेक

पोखरा, फागुन ८ गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उलंघनका घटनामा कुल ५ सय ४ जना पीडित भएका छन् । अनौपचारिक सेवा क्षेत्र ईन्सेक गण्डकी प्रदेशले मानव अधिकार घटना सम्बन्धी तयार पारेको प्रतिवेदनमा ४ सय २९ जना महिला र ७५ जना पुरुष गरेर कुल ५ सय ४ जना पीडित रहेको पाइएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १ सय १२ जना कम हो । अघिल्लो वर्ष सन २०२३ मा मानव अधिकार उलंघनका घटनामा… पुरा पढौ

बेलुन पड्किदा घाईते भएका पोखराका मेयर आचार्य ५ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज

पोखरा, फागुन ८ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य ५ दिनको उपचारपछि विहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । यहि फागुन ३ गते शनिबार पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका समयमा हाईड्रोजन भरिएको बेलुन पड्किदा घाईते मेयर आचार्य विहीबार ५ दिनको उपचार पछि डिस्चार्ज भएका हुन् । मेयर आचार्यसँगै बेलुन पड्किदा घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भने सोमबार नै डिस्चार्ज भएका थिए । घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको हो । मेयर आचार्यको अनुहार र हातमा जलन… पुरा पढौ

प्राप्त ज्ञानलाई इमानदार भएर देश हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्। कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गरे। “इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव विनोद प्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी, उपाध्यक्ष कमल सापकोटा, वरिष्ठ अधिकृत कुन्दन मिश्र तथा टान केन्द्रका अध्यक्ष सागर पाण्डेसँग भेटघाट तथा छलफल गरेको छ। भेटका क्रममा टान गण्डकीले पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, सेवा तथा व्यवस्थापनका… पुरा पढौ