समाचार

‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’: डा भीम रावल

भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन । लमजुङ बेँसीसहर नगरपालिका-७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । “कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका… पुरा पढौ

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो । यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्वपूर्ण मानिएको छ । राष्ट्रसङ्घका अनुसार… पुरा पढौ

आधारभूत विद्यालयमा मगर भाषा अध्यापन

स्याङ्जाको बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ । मगर भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयमा नै मगर भाषा पठनपाठन थालिएको हो । हाल कक्षा १–३ सम्मका बालबालिकालाई मगर भाषा अध्यापनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले बताए । बाल सिकाइ कक्षादेखि ५ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा कक्षा एकदेखि तीनसम्मका बालबालिकालाई मगर भाषा अध्यापयन थालिएको हो । मगर समुदायको बाहुल्य भएकाले नयाँ पुस्तालाई यो भाषा लेख्न र बोल्न सिकाउने अभियान आफूहरुले थालेको… पुरा पढौ

ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित

भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए।… पुरा पढौ

राष्ट्रपति पौडेल पोखरामा

राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट आइपुगेका छन। नेपाली सेनाको हेलीकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ । रासस पुरा पढौ

शनिबार राष्ट्रपति पौडेलबाट सराङकोट महाउत्सव उद्घाटन हुँदै

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनले भएका छन् । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उनी भोली पोखरा आउनले भएका हुन् । त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नेछन् । भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक… पुरा पढौ

राधाकृष्ण मन्दिरमा लोककवि मियाँको जन्मोत्सव

तनहुँ । लोक कवि अलि मियाँको १०७ औँ जन्मजयन्तीको अवसरमा राधाकृष्ण सांस्कृतिक समुहलाई सम्मान गरिएको छ । कास्कीको लामेआहालमा रहेको सांस्कृतिक समुहले लोक भजन संरक्षण तथा विकासमा पु¥याएको योगदान स्वरुप अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले सम्मान गरेको हो । पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको राधा कृष्ण मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रम मार्फत समुहलाई नगद २० हजार, सम्मान पत्र र दोसल्ला सहित प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले सम्मान गरे । धार्मिक एकतालाई कायम गर्नुपर्छ भन्ने मान्यता राख्नुभएका कवि मियाँको जन्मोेत्सव मनाउने क्रममा विहीबार… पुरा पढौ

उल्टो बाटोमा गण्डकी सरकार, जिपास्ट, ताल प्राधिकरण र दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय

पोखरा । संघीयताको मूल मर्म प्रदेश सरकार हो । प्रदेश सरकारको मूल आधार प्रदेश संरचनाहरु हुन् । जसले प्रदेश सरकारलाई बलियो बनाउँछ । तर गण्डकी प्रदेश सरकार भने उल्टो बाटोमा हिंड्न थालेको छ । प्रदेशलाई बलियो बनाउन स्वयम् प्रदेश सरकार लाग्नुपर्ने हो । त्यसका लागि आवश्यक ऐन, कानून् निर्माण गर्नेदेखि संरचना खडा गर्नेसम्मको दायित्व उसैको हो । तर नया संरचना बनाउनु त कता हो कता उल्टै भएका संरचनापनि खारेज गर्ने निर्णय गरेर प्रदेश सरकारले उल्टो बाटो हिंड्ने प्रयास गरेको हो… पुरा पढौ

बानियाको ‘ठक्कर’ सार्वजनिक

पोखरेली गायक विनोद बानियाले ठक्कर गीत सार्वजनिक भएको छ । बानियाको स्वर र संगीतमा निर्माण गरिएको ठक्कर गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । आफ्ना पुराना मित्र गीतकार तथा चलचित्र निर्माता अविरल थापाको रचनामा बनेको यो गीतको म्यूजिक भिडियोमा नायक राजबल्लभ कोईरालालगायतको अभिनय छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरिएको गायक बिनोद बानियाले जानकारी दिए । सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेको भिडियो आकर्षक बनेको छ । समाजमा बढ्दै गएको चरम निराशा, डिप्रेसन, हत्या र आत्महत्यालाई… पुरा पढौ

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज,… पुरा पढौ