समाचार

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन । राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । “लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ”, प्रधानमन्त्रीले भने, “सन् २०३०… पुरा पढौ

आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ… पुरा पढौ

जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल

फागुन ७ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताए । “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भनेका… पुरा पढौ

भारतको उडिसा घटनाबारे शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

फागुन ६ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालय आज विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाइ अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय भएको जनाएको हो । उक्त घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमका साथै औपचारिक जानकारी प्राप्त हुनासाथ… पुरा पढौ

पोखरा–२५ वडा कार्यालय हेमजाले बाल नृत्य प्रतियोगिता गर्ने

फागुन ६ पोखरा । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयले बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर मावि हेमजाको प्रांगणमा हुने पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोति लाल तिम्सिनाले जानकारी दिए । प्रतियोगितामा हेमजा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने व्यवस्था रहेको छ । प्रतियोगितामा… पुरा पढौ

प्रतिभा माविमा पुरस्कार वितरण

फागुन ६ पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले वर्षभरि आयोजना गरेका विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मंगलबार पुरस्कृत गरेको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार वर्षभरि भएका खेलकुदका आन्तरिक गतिविधि, विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन, फूड फेस्टिबल लगायतका गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यार्थीलाई शिल्ड, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल, प्राचार्य सापकोटा लगायत संचालकले उत्कृष्ट विद्यार्थीलाई पुुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्राचार्य… पुरा पढौ

“संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया पोखरामा हुने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख कविता तिवारीको अध्यक्षतामा पेशागत तथा बुद्धिजीवी विभागको वैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यकक्षमा सोमबार भएको वैठकले “संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम पोखरा–८, न्युरोडमा रहेको होटल दिपसागरमा यही फागुन १० गते गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको संयुक्त रुपमा आयोजनामा हुने उक्त कार्यक्रम नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.सशांक… पुरा पढौ

मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो । स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए । “जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो”, उनले भने, “कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र… पुरा पढौ

वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

ढोरपाटन । आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिए। वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उनको भनाइ… पुरा पढौ

घरबासले जोगाउँदै मगर संस्कृति

लमजुङ । हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् । “पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उनले अनुभव सुनाउँदै भने, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्दैनन् । त्यससँगै आफ्नो समुदायको कला,… पुरा पढौ