समाचार

पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ । वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक रु तीन लाख र घाइतेलाई रु छ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन… पुरा पढौ

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको जित

फागुन ५ काठमाण्डौं । अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । यसअघि, प्रतियोगिता अन्र्तगत आजै… पुरा पढौ

एन प्याव्सनको एसईई परीक्षा अभिमूखिकरण

फागुन ५ पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नजिकदै गरेको एसईई परीक्षलाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई परीक्षा सम्बन्धि अभिमूखिकरण दिइएको हो । अभिमूखिकरण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र विषयगत शिक्षक गरी १ हजार १ सयको सहभागिता रहेको थियो । विद्यार्थीलाई अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा अभिमूखिकरण गरिएको… पुरा पढौ

द आर्ट अफ लिभिङद्वारा कैदीबन्दीलाई योग ध्यान र ज्ञानसम्बन्धी निशुल्क तालिम

फागुन ५ पोखरा । द आर्ट अफ लिभिङ गण्डकी प्रदेशको आयोजनामा कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ ८ दिने तालिम प्रदान गरिएको छ । तालिमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जान अन्जानमा मानिसले रीस आवेगमा आएर विभिन्न अपराध कर्म गर्ने जनाउँदै कैद भुक्तान पछिको जीवनलाई सुन्दर र सफल बनाउन योग ध्यान र ज्ञानले सहयोग पुग्ने बताए । उनले विगतका गल्तीलाई प्रायश्चित गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउने यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त… पुरा पढौ

पोखरामा लामो समयपछि हिउँदे वर्षा

पोखरा । पोखरामा सोमबार हिउँदे वर्षा भएको छ । लामो समय पछि परेको पानिले हिउँदे खेतीलाई केहि राहत पुग्ने देखिन्छ । आज राती गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान गरेको हो । आज दिनभर पोखराको अधिकमत १७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव… पुरा पढौ

सहारा युकेका महासचिव गुरुङद्धारा सहारा बाल आधारभूत विद्यालयमा सहयोग

पोखरा । पोखरा(९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यु.के.का महासचिव क्याप्टेन पिताम्वर गुरुङले सहयोग प्रदान गरेका छन् । गुरुङले गत माघ २९ गते सहारा यु.के. द्वारा हस्तान्तरण गरिएको लाइव्रेरीमा प्रोजेक्टर र प्रोजेक्टर स्ट्याण्ड जडानका लागी रु पचास हजार रुपैँया विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका हुन्। विद्यालयका प्र.अ. लोचना अधिकारीले स्वागत मन्तव्यका क्रममा विद्यालयको समग्र अवस्था जानकारी गराउदै सहयोगीहरुलाई धन्यवद प्रदान गर्दै स्वागत गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र मर्सानीले विद्यालयलाई सद्भाव प्रकट… पुरा पढौ

सिद्धार्थ क्लबको रक्तदान कार्यक्रमबाट ६५ यूनिट संकलन

पोखरा । सिद्धार्थ क्लब पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ यूनिट संकलन भएको छ । क्लबले प्रादेशिक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा उक्त कार्यक्रम गरेको हो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम संयोजक सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि देवकृष्ण पराजुलीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक कार्यक्रमहरुमा वडा कार्यलयको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्नु आवश्यक छः मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् । गोरखा नगरपालिका–१० स्थित तारानगर स्वास्थ चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ गर्दै उनले कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि विनियोजन गर्नुपर्नेमा सरकार प्रयत्नशील रहेको बताए । “स्वस्थ्य नागरिक, स्वस्थ्य जनशक्ति भएन भने भौतिक पूर्वाधारको उपयोग कोरा कल्पना मात्रै हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “त्यसैले पहिलो प्राथामिकता स्वास्थ्य क्षेत्रलाई दिनुपर्छ भनेर प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको छ… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्धारा बेनीमा पशु अस्पताल निर्माण सुरु

म्याग्दी । गण्डकी प्रदेश सरकारले बेनीमा पशु अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो । रु ४७ लाखको लागतमा चालु आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एकतले आठकोठे भवन निर्माणको काम थालिएको केन्द्रका प्रमुख डा भरत रेग्मीले बताए। प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ७१ लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सबैभन्दा… पुरा पढौ