समाचार

पसगाउँ महोत्सव फागुन १८ र १९ गते हुने

पोखरा, फागुन ४ लमजुङको पसगाउँमा फागुन तेश्रो साता पसगाउँ महोत्सव हुने भएको छ । लमजुङको क्होँलासोथर गाउँपालिका वडा नम्बर–६ मा पर्ने पसगाउँमा १५ औं संस्करणको पसगाउँ महोत्सव यहि फागुन १८ र १९ गते हुने भएको हो । महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ग्रामीण पर्यटनको विस्तार गर्ने हेतुले २०६० सालदेखि हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिईन लागेको क्होँलासोथर गाउँपालिका अध्यक्षसमेत रहेका पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्यप्रसाद… पुरा पढौ

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ । आजको… पुरा पढौ

पोखरा बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

काठमाण्डौं । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ । मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय… पुरा पढौ

सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरुवात गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि निर्माण रोकिएको बताए । “सबै सडक र अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठूलो बजेटको आवश्यकता पर्छ । ती… पुरा पढौ

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

ढोरपाटन । बागलुङ काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उनले समावेशी विकासको आवश्यकता भएको बताए। नागरिकलाई सीपयुक्त तालिम… पुरा पढौ

धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए । “बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन… पुरा पढौ

तनहुँ र पाल्पा जोड्ने कृष्णमार्गका लागि दश करोड बजेट सुनिश्चित

दमौली । दुई जिल्ला जोड्ने कृष्णमार्ग स्तरोन्नतिका लागि सङ्घ सरकारबाट रु १० करोडको बजेट सुनिश्चित भएको छ । तनहुँ र पाल्पा जोड्ने उक्त मार्ग स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु १० करोड बजेट विनियोजन भएको हो । उक्त सडकका लागि बजेट उपलब्ध गराउन घिरिङ गाउँपालिकाले संघीय सरकारलाई माग गरेको थियो । नेकपा ९एमाले० राष्ट्रिय सभाका प्रमुख सचेतक भगवती न्यौपानेले लामो समयदेखि अलपत्र रहेको उक्त मार्गमा बजेट सुनिश्चित भएपछि अब कामले गति लिने विश्वास व्यक्त गरे । आर्थिक वर्ष… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको २६६ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६ औं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो नहिँड्दा राज्यसत्ता र सर्जकबीचको खाडल पुरिन नसकेको बताए । उनले व्यापारीले साहित्यका नाममा व्यापार गर्दा बजेट विनियोजनका लागि लाखौं रुपैयाँ हुने राज्यसँग साहित्यिक संस्थाका लागि सामान्य सहयोग नहुनु दुषित मानसिकताको उपज भएको भन्दै चिन्तासमेत व्यक्त गरे । संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद गौतमले साहित्य सिर्जना स्वस्थ… पुरा पढौ

सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

पोखरा । सङ्घर्षमा कलमद्वारा विद्यालय तहका भाइबहिनीलाई सिर्जनशील बनाउन गठन गरिएको सङ्घर्षमा कलम छोरेपाटन समूहको आयोजनामा पहिलो रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ । ३३ जना प्रतियोगी रहेको प्रतियोगितामा कक्षा ९ का असिम खनाल, कक्षा ८ की सन्ध्या कार्की, कक्षा ६ का लेलिना बराल, कक्षा ५ की स्मृति सुनार र कक्षा ४ का रोहन गहतराज उत्कृष्ट पाँच हुन सफल भए । विजेतालाई विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथि, संस्थापक अध्यक्ष असफल गौतम, छोरेपाटन भू.पू. विद्यार्थी मञ्चका उपाध्यक्ष… पुरा पढौ

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

फागुन ३ पर्वत । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् । उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध १ च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना… पुरा पढौ