समाचार

तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन

भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिए । त्यस्तै छ हजार सात सय… पुरा पढौ

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु.१० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१र८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु। पाँच-पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो । घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १९२० बाट निर्वाचित प्रदेश सभा… पुरा पढौ

आजको मौसम: पाँच प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसल फागुन ४ देखि

फागुन २ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखि शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखि ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी दोस्रो… पुरा पढौ

प्रथम शहीद लखन थापामगरको १४८ औं स्मृति दिवस मनाइयो

फागुन २ पोखरा । नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४८ औं स्मृति दिवस नेपालको पर्यटकीय राजधानी पोखरामा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्को आयोजना र नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको व्यवस्थापनमा प्रथम शहीद क्या. लखन थापा मगरको १४८ औं स्मृति दिवस तथा सच्चा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । पोखरा–९, लखनचोकस्थित प्रथम शहीद लखन थापा मगरको शालिकमा माल्यार्पणपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले प्रथम शहीद… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय म्याराथन भोलि, सम्पूर्ण तयारी पूरा

फागुन २ पोखरा । पोखरामा भोलि हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको हो । प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा दौडिनेसमेत गरेर कुल १० हजारले… पुरा पढौ

वित्त आयोगको मूल्याङ्कनमा भरतपुर नै सर्बोत्कृस्ट

पोखरा, फागुन २ प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका नै सर्बोत्कृस्ट बनेको छ। पोखरा महानगर पाचौ बनेको छ । वित्त आयोगको मूल्याङ्कनमा पोखराले ५१.५ प्रतिशत अंक प्राप्त गरेको छ । ६ वटा महानगरपालिकामध्ये भरतपुरले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै लगातार तेश्रो वर्षपनि सर्वोत्कृष्ट भएको हो । त्यस्तै, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत अंक ल्याएर दोश्रोहुँदा ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत अंक ल्याएर तेश्रो, काठमाण्डौ महानगरले ५४ दशमलव ३ प्रतिशत ल्याएर चौथो भएको छ । गत… पुरा पढौ

संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा र ललितपुर सर्वोत्कृष्ट

पोखरा, फागुन २ स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिजा० मा पोखरा महानगरपालिका र ललितपुर महानगरपालिका सर्वोत्कृष्ट बनेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा र ललितपुर महानगरपालिकाले समान प्रतिशत प्राप्त गर्दै देशका ७ वटा महानगरहरुमध्ये सर्वोत्कृष्ट बनेका हुन् । पोखरा र ललितपुर महानगरपालिकाले समान ९३।५ प्रतिशत अंकभार प्राप्त गरेका छन् । पोखरा महानगरपालिकाले शासकीय प्रवन्धमा १००, संगठन तथा प्रशासनमा ८७।५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा… पुरा पढौ

विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनु: सचिव पौडेल

गलकोट । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । उनले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताए । बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाट गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताए । उनले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गरे । सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षण पेसाप्रति थप आकर्षण बढ्ने… पुरा पढौ

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताए । यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या दुई… पुरा पढौ