समाचार

रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन। “ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्”, मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाए । तालमा हाल सिँचाइ तथा जलस्रोत… पुरा पढौ

सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा

गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको छ । विसं २०७४ माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्याकालको पनि दुई वर्ष वितिसकेको छ । यस अवधिमा प्रदेशसभा सङ्घीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृृढ र संस्थागत गर्नेतर्फ प्रदेशसभाको सक्रियता रह्यो । प्रदेशसभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भएभने… पुरा पढौ

रवि लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित भएका छन । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएका हुन। लामिछाने अदालतमा उपस्थित भएसँगै उनको मुद्दा गोलाप्रथाबाट न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार ढकालको इजलासमा बयान सुरु गरिएको छ । अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुने उनले बताए । सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ… पुरा पढौ

त्रिशूली नदीमा पुल नबन्दा स्थानीयवासीमा निराशा

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । एघार वर्ष अगाडिबाट निर्माण सुरू भएको उक्त पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ… पुरा पढौ

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ । विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो । पश्चिम बागलुङखण्डमा २०६४÷६५ तिर मात्रै ट्रयाक खोलिएको थियो । आयोजना सुरु भएको १७… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप पोखरामा शुरु, उद्घाटन खेलमा पुलिस बिजयी

पोखरा, माघ २२ पोखरामा आहा ! रारा पोखरा गोल्डकप शुरु भएको छ । सहरा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखि आहा ! रारा पोखरा गोल्डकपको २४ औं श्रृङ्खला शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव बिजयी भएको छ । पुलिसले आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । जितसँगै पुलिस आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।… पुरा पढौ

लेखनाथ निर्माण व्यवसायीको भवन शिलन्यास

लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिले पोखरा महानगरपालिका वडा नं ३० को खुदीमा आफनो भवन निर्माण गर्ने भएको छ । करिव ३५ लाखको लागतमा निर्माण हुने भवनको सोमवार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो । करिव आधा रोपनी क्षेत्रफल भित्र बन्ने चार कोठे भवनको शिलन्यास गर्दै लेखनाथ उद्योग बाणिज्य संघक अध्यक्ष विनोद श्रेष्ठले ब्यवसायिक रुपमा निर्माण क्षेत्रमा लाग्ने ब्यवसायिहरुको आफनै भवन हुनु पर्छ भन्ने मान्यताले बन्ने भवनबाट प्रदान हुने सेवाले समितिलाई काम गर्न अझ वढि सहज हुने विश्वास दिलाएका थिए… पुरा पढौ

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उनले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उनले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०… पुरा पढौ

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

डुम्रे । प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ । भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि… पुरा पढौ

टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण

पोखरा । पोखराको बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण गरिएको छ ।कोइका र युएनडिपीको आर्थिक सहयोगमा मङ्गलबार ६०÷६० थान सो सामग्री प्रदान गरिएको छ । सो अवसरमा मल बनाउनका लागि आवश्यक केमिकल समेत प्रदान गरिएको हो । पोखरा महानगरपालिकाको आयोजनामा तथा ग्रीन वेस्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरूलाई सो सामग्री प्रदान गरिएको छ । ग्रीन वेस्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोस्ट मल बनाउने तरिका… पुरा पढौ