समाचार

संकटालाई ३–१ ले हराउँदै थन्डरबोल्ड आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४औं आहा! रारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले दुई पटकको विजेता संकटा क्लबलाई एकका विरुद्ध ३ गोलले हरायो । सुरुवाती अग्रता जोगाउन नसक्दा संकटा जारी सिजनको आहा! रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको हो । मनिष पौडेलको गोलमा संकटाले १७औं मिनेटमा अग्रता लिएको थियो । ३४औं मिनेटमा तालाले पेनाल्टीमार्फत् थन्डरबोल्टका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा थन्डरबोल्ट आक्रामक रुपमा… पुरा पढौ

ब्याक टु नाईन्टिजको टाईटल स्पोन्सर्डमा कुमुदिनी होम्स र एनटीएचएमसी

पोखरामा भोलि शनिबार हुने ‘ब्याक टु नाईन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रमको टाईटल स्पोन्सर्ड नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट (एनटीएचएमसी) र कुमुदिनी होम्स उच्च माविले गरेको छ । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको उक्त सांगीतिक विरासत फर्काउन आयोजित सो कार्यक्रमको टाइटल स्पोन्सर्डमा पोखरा–१४ छिनेडाँडामा रहेको एनटीएचएमसी र पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च मावि जोडिएको हो । कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भइसकेको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । पर्यटनको एउटा पाटो गीत, संगीतपनि भएकाले त्यसको विकास, बिस्तार, संरक्षण,… पुरा पढौ

‘व्याक टु नाइन्टिज’ भोलि, तयारी पूरा

पोखरा, माघ २५ सांगीतिक विरासत फर्काउन पोखरामा भोलि शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा भोलि यो कार्यक्रम गर्न लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम भोलि शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म हुने जनाईएको… पुरा पढौ

जानकी माविको बार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । विद्यालयमा सरकारी लगानी अनुसारको शैक्षिक गुणस्तर कायम हुन नसकेको विषयमा चर्चा गर्दै उहाँले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी बिच… पुरा पढौ

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती सुरु

ढोरपाटन । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् । ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको रु १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु १० लाख अनुदान गरी रु २४ लाख लगानी… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ मा क्षेत्री पुरस्कृत

पोखरा । पोखरा– १५ नयाँगाउँका मनिष क्षेत्री पुरस्कृत भएका छन् । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा विजेता भएका क्षेत्री बिहीबार पोखरा रंगशालामा पुरस्कृत भएका हुन् । उनलाई सहारा क्लव पोखराका सल्लाहकार एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी र क्लवका पूर्व अध्यक्ष सुरज गुरुङले संयूक्तरुपमा पुरस्कृत गरे । उनले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक… पुरा पढौ

सांगीतिक विरासत फर्काउन आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा, माघ २४ सांगीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य… पुरा पढौ

लम्जुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा

लमजुङ । लम्जुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । दरबन्दी अनुसार कार्यालय प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा जिल्लाका सरकारी कार्यालय सञ्चालन हुँदै आएका हुन् । लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैँची जोन कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छन् । ती कार्यालयमा यहाँ चार वर्षदेखि निमित्त प्रमुखले जिम्मेवारी सम्हाल्दै आएका छन्… पुरा पढौ

स्पष्ट नीति र बजेट अभावमा सुस्तायो गण्डकी प्रदेशको ‘स्याटेलाइट सिटी’ योजना

गण्डकी । गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । “घना बस्ती भएका ठूला सहरको नजिकमा अन्य नयाँ सहर विकास गर्ने अवधारणाअनुसार यो कार्यक्रम ल्याइएको हो”, मन्त्रालयको योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा… पुरा पढौ