समाचार

व्यापार मेला : टिकटक बनाउनेलाई २० हजार पुरस्कार

माघ १३ पोखरा । पोखरा ९,नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड बितरणको व्यवस्था मिलाइएको छ । उनका अनुसार नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध हुन्छ । ‘यस्तै त्यहाँ राखिएका स्टलहरुबाट ल्यापटप तथा… पुरा पढौ

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

माघ १३ काठमाण्डौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएपनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताएका हुन् । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा… पुरा पढौ

लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

माघ १३ पोखरा । लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काउखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो । यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो ।प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।… पुरा पढौ

फागुन १४ गते देखि माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल

माघ १३ पोखरा । माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाँउ पालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष… पुरा पढौ

टाइगर कप भलिबलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, भारतको सुनिल र नेपाल पुलिस क्लब तथा महिलातर्फ आयोजक बिजयी

माघ १३ पोखरा । पोखरा रंगशालामा जारी पाचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आईतबार ४ खेल सम्पन्न भएका छन् । टाईगर ग्रुप अफ पोखराको आयोजनामा शनिबारदेखि जारी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, भारतको सुनिल भलिबल क्लव र नेपाल पुलिस क्लब तथा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लव बिजयी भएका हुन् । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई सोझो सेटमा पराजित… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गत चलिरहेको मोवाइल एक्स्पोमा नया मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुट

पोखरा, माघ १३ पोखरामा जारी ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आईटी महोत्सव अन्तर्गत मोवाइल एक्स्पोपनि जारी छ । पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा नेपाल मोवाइल वितरक संघ गण्डकीले पोखरा नयाबजारमा औद्योगिक व्यापारमेलासँगै चौथो संस्करणको मोवाइल एक्स्पोपनि गरिरहेको हो । जहाँ गण्डकी प्रदेशमा रहेका सबै ब्राण्डका मोवाइलका स्टलहरु रहेको नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेश अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक्स्पोमा करीब २० वटा विभिन्न ब्राण्डका मोवाइलका स्टलहरु राखिएका छन् । जहाँ दर्शकले आफूले चाहेको… पुरा पढौ

जनदवाबपछि पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णयबाट पछि हट्यो प्रशासन, अब दोहोरो नै चल्ने

पोखरा, माघ १३ पोखरादेखि पर्यटकीय गन्तव्य पुम्दिकोट जाने मोटरबाटो एकतर्फी बनाउने निर्णयबाट प्रशासन पछि हटेको छ । स्थानियको विरोध र जनदवाबपछि पोखरा महानगरपालिका वडा नम्बर–२२ स्थित पर्यटकीय गन्तव्य पुम्दीकोट जानेबाटो दुईतर्फी नै सञ्चालन गर्न प्रशासन तयार भएको हो । यसअघि धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको महादेव मन्दिर विश्व शान्ति स्तुपा र ठूली पोखरी दुबैतर्फबाट जाने गरिएको थियो । तर जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, कास्कीका सुरक्षा प्रमुखहरु, जिल्ला ट्राफिक प्रमुख, पुम्दीकोट ब्यबस्थापन समितिका अध्यक्ष चन्दकान्त बराललगायतको बैठकले… पुरा पढौ

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन् । सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुनेलगायत समस्या देखिएपछि एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक… पुरा पढौ

‘व्याण्डहरुको राजधानी पोखरा’को विरासत फर्काउन पोखरामा ‘व्याक टु नाइन्टिज’ हुँदै

पोखरा, माघ १३ व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका… पुरा पढौ

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट… पुरा पढौ