समाचार

टाइगर कप भलिबलः भोलि लिग चरणका ४ खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र… पुरा पढौ

वन डढेलो नियन्त्रणमा जुट्न फेकोफन कास्कीको आव्हान

माघ १४ पोखरा । हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको बृद्धिको कारण यस बर्षपनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुटन सवैमा आव्हान गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको आज सम्पन्न पूर्ण बैठकले डढेलो नियन्त्रणका लागि सम्पूर्ण वन समुह र सरोकारवाल सवैलाई आ–आप्mनो स्थानबाट सचेत रहन आग्रह गरेको हो । डढेलो नियन्त्रण सम्वन्धी सामुदायिक तथा सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयन, सम्वन्धित निकायहरु बिच समन्वय र सहकार्य गरेर अघि बढ्ने बैठकले निर्णय गरेको महासंघ कास्कीका… पुरा पढौ

साइमन पार्टी प्यालेसमा चोरी गरको आरोपमा २ पक्राउ

पोखरा । पोखराको साइमन पार्टी प्लालेसबाट १४ लाख रुपैयाँ चोरी गरेको आरोपमा रुपन्देहीको बुटवलबाट २ जना पक्राउ परेका छन् । पोखरा–८ सिर्जनाचोकस्थित पार्टी प्यालेसको कार्यालयमा राखेको १४ लाख ७४ हजार रुपैयाँ चोरी गरेको आरोपमा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालीका वडा नं.१० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं.३ की बर्ष २९ कि पुजा श्रेष्ठ छन् । साइमनमा गत माघ ११ गते राती १ बजेको समयमा चोरी भएको थियो… पुरा पढौ

व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

माघ १४ पोखरा । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन् र त्यसलाई बजारसम्म पु¥याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो । कतै मेला÷महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्नखाले जडीबुटीको प्रदर्शन र बिक्री गर्छन् । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा उनी भन्दै थिए,‘यी जडीबुटीहरुले तपाईंलाई केही बेफाइदा गर्दैन । खाँदा साडइ… पुरा पढौ

आहा रारा खेल्न युकेबाट फुटबल टिम काठमाडौंमा

माघ । आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना… पुरा पढौ

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ । कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ५१, लगानी… पुरा पढौ

टाइगर कप भलिबलः भारतको सुनिल क्लबमाथि पुलिसको शानदार जित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित… पुरा पढौ

राष्ट्रिय परिचयपत्र सुशासनको आधार : सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताएका छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उनले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रूपमा समेत लिनुपर्ने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको बताए । उनले भने, “नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका… पुरा पढौ

पोखरामा ‘घर घरमा प्रहरी’ अभियान शुरु

पोखरा, माघ १४ पोखरामा ‘घर घरमा प्रहरी’ अभियान सञ्चालन गरिएको छ । वडा प्रहरी कार्यालय पोखरा–६ बैदामले वडाबासीमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न यो अभियान सञ्चालन गरेको हो । पर्यटकीय केन्द्र लेकसाईड क्षेत्रमा सञ्चालन गरिएको यो अभियानको कास्कीका प्रहरी प्रहरी प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलीयाले शुभारम्भको घोषणा गरे । अभियान अन्तर्गत प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर–६ का सबै वडाबासीको घर घरमा पुगेर प्रहरीको स्क्यान गर्न मिल्ने स्टिकर टाँस गर्नेछ । जुन स्क्यान गरेर परिवारका सदस्य वा पर्यटकले प्रहरीमा आफूलाई… पुरा पढौ

टाइगर कप भलिबलः ट्राभल इन्क्वारीको लगातार दोस्रो हार, पुलिसको पहिलो जित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएकाे खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो । पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ