समाचार

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष)मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् ।… पुरा पढौ

रास्वपा प्रवक्ता झाले भने : राज्य र गठबन्धन लागेपनि केहि लाग्दैन भन्ने भाष्य तयार भयो

रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपामा खुशीयाली छाएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएसँगै रास्वपा नेता, कार्यकर्तामा खुशीयाली छाएको हो । विहीबार साँझ आदेश आएसँगै अदालत परिसर बाहिर रास्वपा नेता, कार्यकर्ता तथा रबिका समर्थकहरुले नाराबाजीसहित खुशीयाली मनाए । उनीरुले ‘रबिदाई हाईहाई’, ‘नेपाली जनता के भन्छ रु रबि दाईलाई ले भन्छ’, ‘न्यायालय हाईहाई’लगायतका नाराहरु लगाएका थिए । अदालतको आदेशलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै रास्वपा प्रवक्ता मनिष झाले रबिको… पुरा पढौ

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

पुस २५ पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् । लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् । न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईंलाई… पुरा पढौ

८४ दिनपछि धरौटीमा रिहा भए रबि

पोखरा, पुस २५ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दिएको आदेशका आधारमा रबि पक्राउ परेको ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत कास्कीले धरौटी बुझाएर रिहा गर्न आदेश दिएलगत्तै बैंक ज्ञारेन्टीमा उनी रिहा भए । साँझ ६ बजे आदेश आएपनि राती करीब ८ः३० बजे उनी रिहा भएका थिए । धरौटी बुझाउन केहि ढिला भएका कारण उनको रिहाईमासमेत ढिलाई भएको थियो । लामिछानेलाई… पुरा पढौ

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

पुस २५ पोखरा । कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीककेन्द्र बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ… पुरा पढौ

भू.पू. सैनिक मिलन केन्द्रको अध्यक्षमा अधिकारी

पोखरा । भू.पू. मिलन केन्द्र पोखरा–२६ को विहिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा वसन्त बञ्जरा, सचिवमा टिका बहादुर केसी, सहसचिवमा नारायण रानाभाट, कोषाध्यक्षमा विरबहादुर रानाभाट, सहकोषाध्यक्षमा राम राजभाट र सदस्यहरुमा तारानाथ पौडेल, मनप्रसाद अधिकारी, जागेश्वर पौडेल चयन भएका छन् । त्यसै गरी सल्लाहकारहरुमा पुर्व अध्यक्ष हितबहादुर थापा, निवर्तमान अध्यक्ष दल प्रसाद थापा, भिम प्रसाद लामिछाने, पोखरा–२६ वडा सदस्य तिर्थ राजभाट र ओम बहादुर वञ्जरा चयन भएका छन्… पुरा पढौ

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पुस २५ पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरे । सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले अब… पुरा पढौ

तनहुँ महोत्सव शुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड

पुस २५ तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन् । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ नाराका साथ दमौलीमा आयोजित नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरे । महोत्सवबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उनले भने, “देशको अर्थतन्त्र विकासमा तनहुँले महत्वपूर्ण भूमिका… पुरा पढौ

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

पुस २५ काठमाण्डौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ । सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् । बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । पर्यटन प्रवद्र्धनका निम्ति विविध जाति, भाषा, धर्म… पुरा पढौ

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

पुस २५ काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिए । उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो । त्यसैगरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, शिप बिल्डिङलगायत क्षेत्रमा छनोट… पुरा पढौ