समाचार

लेखनाथ महोत्सवमा एकै दिन एक करोड ३५ लाख बराबरको कारोबार

पुस २७ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ । महोत्सवको… पुरा पढौ

कोन सहकारी अध्यक्षमा माधव सिग्देल

पुस २७ पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा १३ को अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । सहकारीको २६ औं वार्षिक साधारण सभा नवौं निर्वाचनबाट शान्त कुमार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । सहकारीको सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्षमा जय प्रसाद सापकोटा र सहसचिवमा केदार राज सिग्देल चयन भएका छन् । सभाबाट सदस्यमा क्रमशः बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्क बहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल… पुरा पढौ

र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा

पुस २७ पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्धकृति ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ । कृतिको परिचर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले सोलुले निबन्धमा सत्यमाथिको अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध परिवार, समाज र सरकारसित कडा प्रतिवाद गरेकी बताए । “आमाहरू र समस्त नारी जातिमाथिको विभेद तथा विभेदपूर्ण समाज, संस्कार तथा परिवेशहरूमाथिको उनको यो खबरदारी साँच्चै प्रशंसायोग्य छ ।” डा. अधिकारीले भने, “एउटी नारीको सङ्‍घर्षपूर्ण जीवनको लामो फेहरिस्त किताबमा छ ।”… पुरा पढौ

जिटिन गण्डकीमा पुनः किसमकुमारी

पुस २७ पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ(एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले रहेका छन् । त्यस्तै सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ रहेका छन् । अधिवेशनका लागि जिटिनका… पुरा पढौ

पृथ्वीजयन्ती : राप्रपाको चियापनमा प्रधानमन्त्री

पुस २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए । यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए । प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए । रासस पुरा पढौ

आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक

पुस २७ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे । “सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ”, उनले भने । मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए । “सूचना प्रविधिको प्रयोग गरी… पुरा पढौ

निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोत : प्रदेश प्रमुख भट्ट

पुस २७ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताएका छन् । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गरे । ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो ।’ प्रदेश… पुरा पढौ

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, “२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम… पुरा पढौ

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए । उनले भने,… पुरा पढौ

ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को नवौँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को नवौँ वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भयो । अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जापानी भाषा संस्कृति बिज्ञ धर्मराज अधिकारीले शुभकामना व्यक्त गर्दै अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरूले उचित शिक्षा र ज्ञान लिएर जानुपर्नेमा जोड दिए । कार्यक्रमका विशेष अतिथि एभरेस्ट एफ एमकर्मि दीपेन्द्र श्रेष्ठले शुभकामना व्यक्त गर्दै मिडियाको माध्यमबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले सहि प्रोसेस र काउन्सिलिंग गरि भाषामा दक्ष भएर जापान पठाउन र… पुरा पढौ