समाचार

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन। प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । रासस पुरा पढौ

आज देशभर ३०३ औँ पृथ्वीजयन्ती मनाइँदै

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा… पुरा पढौ

संगीतबिना पर्यटन अधुरो

पुस २६ पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे । संस्कृतिविद्… पुरा पढौ

२४ औं आहारारा पोखरा गोल्डकप तयारी : एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया

पुस २६ पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाँकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए… पुरा पढौ

फेवातालमा विन्ड सेन्सर जडान, विपद् प्रतिकार्यमा सुधारको अपेक्षा

पोखरा । पोखराको फेवातालस्थित सशस्त्र प्रहरी बल (एपीएफ) रेस्क्यु वाच टावरमा विन्ड सेन्सर डिभाइस जडान गरिएको छ। ईसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) सँगको सहकार्यमा आज शुक्रबार जडान गरिएको यो उपकरणले फेवाताल वरपरको हावापानीको गतिविधिको सूचना तीन घण्टा अगाडि नै उपलब्ध गराउनेछ। सशस्त्र प्रहरी बल कालिका गण कास्की पोखराका गणपति एसपी अरुणकुमार शर्माका अनुसार, यस उपकरणको प्रयोगबाट सराङकोटतर्फबाट आउने हावाहुरीका कारण फेवातालमा हुनसक्ने संभावित दुर्घटनालाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिनेछ। डिभाइस पूणरूपमा सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने बताइएको छ।… पुरा पढौ

विन्ध्यवासिनी माविमा रक्तदान, ३९ युनिट संकलन

पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले पहिलो रक्तदाता मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापालाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गरे। कार्यक्रममा पुर्व सांसद थापाले शैक्षिक उन्नयनमा सफलता हासिल गरेको विद्यालयले सामाजिक कार्यमा समेत उत्तिकै भुमिका खेलेको बताए । विद्यालयका सल्लाहकार समेत रहेका थापाले विद्यालयका पुर्व विद्यार्थी विभिन्न… पुरा पढौ

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ । रासस पुरा पढौ

कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिव्र

पोखरा, २६ पुस । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव माघ ४ देखि ६ गते सम्म चल्ने छ । महोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा सहभागिताका लागि विभिन्न युवा क्लब, आमा समूह, विद्यालय, टोल विकास संस्थाहरु साथै अतिथिहरुका लागी पत्रचारका कामहरु भइरहेको महोत्सव सन्चालन संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबकी कोषाध्यक्ष एलिसा गुरुङ्ले जानकारी दिइन् । महोत्सव स्थल खेलमैदान मर्मत तथा सफाइका कामहरु समेत भइरहेको समिति… पुरा पढौ

खाष्टे सहकारीको १४ औं साधारण सभामा सन्मान

लेखनाथ,२२ पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाको १४ औं वार्षिक साधारणको अवसरमा असर सहकारी सेयर सदस्यहरुलाई सन्मान गरिएको छ । देश ब्यापी सहकारीका क्षेत्रमा फैलाईएका नकरात्मक घटना क्रमका अवस्थामा पनि खाष्टे सहकारी प्रति सेयर सदस्यहरुले देखाएको सदभाव र साझा एकतालाई ख्यालमा राख्दै असल सहकारी अभ्यासमा सहभागी सेयर सदस्यहरुलाई सन्मान गरिएको हो । सहकारीले निती नियममा वसेर असल ऋणीको तर्फबाट कल्पना पुर्जा, असल वचतकर्ताको तर्फबाट सर बहादुर भुजेल जेष्ठ सदस्यहरु मध्यवाट… पुरा पढौ

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन । मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन् । छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल… पुरा पढौ