समाचार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा… पुरा पढौ

जन्मदिनको अवसरमा गणपति पौडेलद्वारा खाजासेवा कार्यक्रम अर्पण

पोखरा, पौष १५ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण मालेपाटनका गणपति अरुण पौडेलले जन्मदिनको अवसरमा मानवसेवा आश्रम, पोखरा–हेमजामा दिउँसोको खाजासेवा प्रदान गरेका छन् । कार्यक्रम अन्तर्गत आश्रममा बसोबास गर्दै आएका १५० जना नारायणहरूका लागि खाजासेवा अर्पण गरिएको थियो। यस सेवामूलक कार्यक्रममा प्रमुख अरुण पौडेलका परिवारका सदस्यहरूसहित सशस्त्र प्रहरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गणपति पौडेललाई जन्मदिनको शुभकामनासहित सुस्वास्थ्य, सुख, शान्ति, र प्रगतिको कामना व्यक्त गरिएको थियो। यो दिवा खाजासेवा अर्पण कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवसेवामा सशस्त्र प्रहरीका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

कास्की । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ… पुरा पढौ

लेखनाथ महोत्सव पुस १८ गतेदेखि, तयारी अन्तिम चरणमा

पोखरा, पुस १५ पोखराको लेखनाथमा पुस १८ गतेदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ गतेसम्म २० औं संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सह–आयोजक रहेको महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाक, तालचोकमा सञ्चालन हुनेछ । महोत्सव उद्घाटनअघि झाँकी प्रदर्शनी… पुरा पढौ

किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव

तनहुँ । लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि फागुन ७ गते सम्म नवौं तनहुँ महोत्सव हुने भएको हो । “तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले… पुरा पढौ

माछापुच्छ«े पोखरा ओपन टेनिस मेन्स सिंगल्स फाइनलमा आरव र प्रनव भिड्ने

पोखरा । पोखरामा जारी २१ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा आरव सम्राट हाडा र प्रनव मानन्धर भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरव सम्राट हाडाले प्रनव मानन्धर संग फाइनलमा भेट पक्का गरेका हुन् । सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमीफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरव संग पराजित हुँदै सेमीफाइनलबाट बाहिरिएका छन् भने… पुरा पढौ

परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौतीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताए । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा वृद्धाश्रमलाई सहयोग प्रदान

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । गुरुङ समुदायको ल्होसार/ल्होछार तथा पुस पन्द्रको अवसर पारेर विद्यार्थीहरुले पोखरा १७ सितापाईलामा रहेको वृद्ध आश्रमलाई दश हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका हुन् । कास्की जिल्लाको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको सहयोग कार्यक्रमका संयोजक तथा विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष मनोज बरालले जानकारी दिए । उनले भने, “विद्यार्थीहरुले थोरै–थोरै रकम… पुरा पढौ

होली माउण्टद्धारा बृद्धबृद्धालाई खाजा खाद्यान्य तथा नगद सहयोग

पोखरा, १५ पुस । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोग गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवा रहेका ३७ जना वृद्धवृद्धालाई सम्मान, खाजा खाद्यान्य तथा नगद सहयोग गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवेश्वर मन्दिर सञ्चालक समितिका अध्यक्ष देवमणि भण्डारीले विद्यालयको सहयोगले मन्दिरमा रहेका वृद्धवृद्धालाई भोजन गराउन सहयोग पुगेको बताउँदै आगमि दिनमा पनि… पुरा पढौ