समाचार

एकसय चार बर्षीय बाँस्तोला सम्मानित

गण्डकी । कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुह पोखरा १६ को तिसौ साधारण सभा एवम् चौधौ अधिवेशन उद्घाटन समारोहमा एकसय चार बर्षीय भिमाकुमारी बाँस्तोलालाई सम्मान गरिएको छ । प्रत्येक बर्ष साधारण सभामा वन समुह भित्रका जेष्ठनागरिकलाई सम्मान गर्ने क्रममा उनी लगायत ८५ बर्षीय ढाटी बस्नेत र ८१ बर्षीय मिनबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले वन समुहका जेष्ठनागरिकलाई दोसल्लो ओढाएर सम्मान गर्दै वन समुहले वन तथा वातावरणको संरक्षणसंगै समाजको आर्थिक एवम् सामाजिक… पुरा पढौ

सामाजिक विकास कार्यालय तनहुँको भवनबाट सेवा विस्तार

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा प्रवाह… पुरा पढौ

बाजेको सेकुवामा रिभाइभलको लाइभ कन्सर्ट

पोखरा । पोखरा स्थित नेपालको चेन रेष्टुरेण्ट बाजेको सेकुवा रेष्टुरेण्टमा रिभाइभल ब्याण्डको लाइभ कन्र्सट हुने भएको छ । अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पुर्व सन्ध्या डिसेम्बर ३१ तारिख अर्थात पौष १६ गते कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुती दिनेछन् । अतिथी गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुती रहनेछ । रेष्टुराले हरेक बर्ष पर्व विशेषमा लाइभ कार्यक्रमहरु गर्दै आइरहेको छ । नयाँ बर्षमा रेष्टुराले आफ्ना ग्राहकहरुसंग खुसी एवम शुभकामना साट्नका लागि कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

पश्चिमाञ्चल माविको कानुनी साक्षरता

पोखरा, पुस १४गैहपाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्था बारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ । विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको छ ।विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रममार्फत साक्षरता अभियान संचालन गर्दै आएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार स्याङजाको त्रिभुवन आदर्श नमूना मािवमा गरिएको कार्यक्रममा पुतलीबजार नगरपालिकाका विभिन्न सामूदायिक र निजी विद्यालयका विद्यार्थी सहभागि थिए ।कार्यक्रममा पश्चिमाञ्चल माविका कानुन संकायमा अध्ययनरत ११ र १२ कक्षाका… पुरा पढौ

मदरल्याण्डमा जलवायु सम्बन्धि सचेतना : ‘जलवायु परिवर्तनले मानवको जीवनशैली नै परिवर्तन’

पोखरा, पुस १४जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मासबारस्थित मदरल्याण्ड माविमा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । चित्रकला, भित्ते म्यागेजिन, जलवायु सम्बन्धि ओलम्पियाड र जलवायु बहस लगायतका कार्यक्रमबाट जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिइएको थियो ।विद्यालयका प्राचार्य डा।नारायण बरालका अनुसार मदरल्याण्ड मावि, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क, जिस्ट इन्टरनेशनल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थी र विश्वविद्यालयका प्राध्यापक सहभागि भएका थिए । बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले… पुरा पढौ

नेप्से परिसूचक २१ अङ्कले घट्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ । आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो । लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह… पुरा पढौ

राष्ट्रपति पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो । रासस पुरा पढौ

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

भारतको महाराष्ट्र जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।… पुरा पढौ

आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो । दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए । क्याम्पस सञ्चालनका लागि मासिक रु चार लाख खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या… पुरा पढौ

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताए । उनले भने, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा… पुरा पढौ