समाचार

बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए । विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो । गण्डकी प्रदेश सरकारले… पुरा पढौ

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको… पुरा पढौ

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा… पुरा पढौ

ल्होछार शुभकामना सडक दौड प्रतियोगिता : विजेतालाई पुरस्कार वितरण

ल्होछार शुभकामना दौडमा ताङतिङ दुधपोखरी, सोनम, अनिता र क्या। भक्तराज गुरुङ प्रथमपोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा आयोजित ल्होछार शुभकामना सडक दौड प्रतियोगितामा ताङतिङ दुधपोखरी, सोनम, अनिता र क्या.भक्तराज गुरुङ प्रथम भएका छन। तमु धिं नेपालद्वारा आयोजित तिनदिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा सम्पन्न दौडमा अन्तरसमाजमा ताङतिङ दुधपोखरी तमु समाज प्रथम हुँदै २० हजार, रनिङ शिल्ड, दोस्रो भएको चिउली पाचे… पुरा पढौ

शुरु भयो पोखरा सडक महोत्सव

१२ पुष पोखरा पोखराको फेवा किनारमा आजदेखि पोखरा सडक महोत्सव शुरु भएको छ । रेवान पोखराको आयोजनामा सुन्दर तथा पर्यटकीय राजधानी पोखरामा २६ औँ पोखरा सडक महोत्सव शुरु भएको हो । महोत्सवको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गरे ।महोत्सव शुरु हुनुअघि पोखराको लेकसाईडस्थित खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले साँस्कृतीक झाँकीसहित ¥याली निकाले । आयोजक समिति रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव पुस १७ गतेसम्म जारी… पुरा पढौ

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा उभियो कास्की

पोखरा, पुस १३ कास्की अनेरास्ववियू क्रान्तिकारीमा ३२ वर्षे हद तोक्नुपर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रको कार्यकर्ता उत्पादन गर्ने थलोको रुपमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीमा कास्की ३२ वर्षे उमेर हद तोक्नुपर्ने पक्षमा उभिएको हो । अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने विषयमा विवाद रहँदै आएको थियो । जसका कारण अनेरास्ववियूको सम्मेलन नेतृत्व चयन नगरी सकिएको थियो । उमेर हद तोक्दा सिनियर नेताहरु बाहिरिने स्थिति बनेपछि उनीहरु पक्षकाले उमेर हद लगाउने कि नलगाउने पक्षमा भईरहेको चुनाव भाँडेका… पुरा पढौ

माछापुच्छ्रेको घाचोकमा स्वास्थ्यचौकीसहितको ‘नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ सञ्चालनमा आउँदै

पोखरा, पुस १३ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आगामी तीन महिना भित्र आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ५ करोडको लागतमा स्वास्थ्यचौकीसहितको आवासीय ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ तीन महिना भित्र सञ्चालनमा आउन लागेको हो । ईहमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ«े गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा निर्माण गरिएको सेवा केन्द्र भवनको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार… पुरा पढौ

‘संविधान संसोधनअघि संविधानको समीक्षा’

पोखरा, पुस १३ सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संसोधनबारे दुई सत्तारुढ दलबीच सहमति जुटाएपछि मात्रै संविधान संसोधन प्रक्रिया अघि बढाईने बताएका छन् । माछापच्छ«े गाउँपालिका वडा नम्बर–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको उच्च स्तरीय संयन्त्रले संविधान संसोधनका बुँदाहरुको टुंगो लगाउने बताए । त्यसपछि मात्रै राष्ट्रिय सहमतीका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायतका दलहरुसँग छलफल गर्ने उनको… पुरा पढौ

पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम आयोजना

पोखरा, पुष १३ । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर गरेका थिए । कार्यक्रममा लघुकथाकारहरू त्रिलोचन ढकाल, रमेशचन्द्र घिमिरे, टुकादेवी पौडेल आचार्य, गीता तिवारी, र ढाकामोहन बरालले दुई चरणमा आफ्ना उत्कृष्ट लघुकथा प्रस्तुत गरेका थिए। वाचन भएका कथाहरूमा समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदनशीलता, र सांस्कृतिक पक्षलाई समेटिएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले… पुरा पढौ

सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलिन । राष्ट्रिय समाचार समितिका लागि उनले खिचेको उक्त तस्बिरलाई बीबीसीदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् । प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन् । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन… पुरा पढौ