समाचार

शिक्षासेवी वसन्त तिमिल्सीनाद्वारा दुई लाख रुपैयाको अक्षयकोष स्थापना

पोखरा । शिक्षासेवी वसन्त तिमिल्सीनाले बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा नगद दुई लाख रुपैयाको तोयनाथ,श्याम, तारा स्मृति अक्षयकोष स्थापना गरेका हुन् । विहीवार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नरनाथ भट्टराई, विन्ध्यवासिनी क्याम्पसका पुर्व प्रमुख नरहरि भट्टराइको उपस्थितीमा तिमिल्सीनाले नगद २ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै अक्षयकोषदाता तिमिल्सीनाले आफ्ना पिताजीले लामो समय शिक्षण… पुरा पढौ

खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै

तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ । महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ । मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन् । उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको… पुरा पढौ

शिक्षक महासङ्घ कास्की घोषणा अवैधानिक: नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षक महासङ्घ कास्की गठन र पदस्थापन अवैधानिक भएको बताएको छ । देशकै सबैभन्दा ठूलो सङ्गठन तथा हालको शिक्षक महासंघको नेतृत्व गर्ने मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र यसको नेतृत्वलाई समेत खबरै नगरी तथाकथित लुकिछिपी गरिएको भनिएको कास्की जिल्लाको शिक्षक महासङ्घ घोषणालाई पूर्णतस् अवैधानिक तथा अवाञ्छित क्रियाकलापको रुपमा सङ्गठनले लिएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका कार्यवाहक अध्यक्ष प्रदिप न्यौपाने र सचिव दामोदर तिमिल्सिनाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बुधबार भएको यो… पुरा पढौ

व्यापारीले बगानबाटै उठाउँछन् पर्वत देउपुरका सुन्तला

पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागार्इंले जानकारी दिए । सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा भइरहेछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि, चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । उनले निजको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए। साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ… पुरा पढौ

नेपाल स्वास्थ्य सम्मेलन सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उक्त मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने… पुरा पढौ

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी

आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सङ्घमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् । सङ्घका अध्यक्ष शिवशङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर सङ्घ स्थापना गरिएकामा हाल ४८ फर्म मात्र सञ्चालनमा छन् । “अटोमोबाइलका १९ वटा व्यवसाय बन्द हुँदा प्राविधिक र श्रमिकले पनि रोजगारी गुमाएका छन्”, उनले भने, “पहिले करिब पाँच सय जना यस क्षेत्रमा कार्यरत… पुरा पढौ

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली… पुरा पढौ