समाचार

पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता पुस १३ गते

पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते ल्होछार शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ। तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा… पुरा पढौ

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताए । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका… पुरा पढौ

लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

पुस ११ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा डायमण्ड मा.वि.की मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्वित्तीय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन । विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ… पुरा पढौ

पोखरामा माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताए । मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ सहयोग… पुरा पढौ

वुमन्स च्यालेन्जर टी २० क्रीकेट

पोखरा । पोखरामा जारी वुमन्स च्यालेन्जर टी२० क्रीकेट प्रतियोगितामा टिम अकलाले लागतार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हासिल गरेको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा जारी दोस्र संस्करणको च्यालेन्जर कप टी२० क्रीकेटमा आ–आफ्नो खेलमा टिम अकला र टिम भद्रकालीले जित निकालेको हो । १०९ रनको विजयी लक्ष्य पछ्याएको अकलाले १६.४ ओभरमा २ विकेट गुमाउँदै विजयी हासिल ग¥यो । अकलाकी कप्तान सिर्जना पौडेलले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनले ४७ बलमा ८ चौका प्रहार… पुरा पढौ

कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ । नेपाल विद्यार्थी संघ कास्कीले विहीबारदेखि सदस्यता वितरण अभियान शुरु गरेको हो । पोखराको वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रम बीच नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे । नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति समेत रहनु भएका सहसचिव एवं प्रवक्ता सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको सान र मान बढ्ने बताए । निरंकुशता विरुद्व खरो उत्रेको नेपाल विद्यार्थी संघल अब राजनैतिक… पुरा पढौ

पोखरा १५ मा माघ २ गतेदेखि ’बृहत् खेलकुद महोत्सव’

पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र… पुरा पढौ

सहकारी ठगीमा आफ्नो संलग्नताबारे रविको ईन्कारी बयान

पोखरा, पुस ११ सहकारी ठगीका विषयमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेसँग बयान लिन शुरु भएको छ । सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनीमाथि जिल्ला अदालत कास्कीमा विहीबार ३ घण्टा बयान लिइएको हो । कास्की प्रहरीले तयार पारेको प्रतिवेदन र सरकारी वकीलको कार्यालयले हालेको अभियोग पत्रका आधारमा न्यायाधीस नितिज राईले लिएको बयानमा उनले ईन्कारी बयान दिएका छन् । थुनछेक बयानका क्रममा उनले प्रहरीको प्रतिवेदन र अभियोग पत्रमाजस्तो… पुरा पढौ

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताएका छन । वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिए । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो… पुरा पढौ

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए। त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए।… पुरा पढौ