समाचार

वुमन्स च्यालेन्जर कप टी २० क्रीकेट प्रतियोगिता

पुस १० पोखरा । पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी २० क्रीकेट प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम अकलाले टिम बाराही माथि १० विकेटको जित हासिल ग¥यो । ९८ रनको विजयी लक्ष्या पाएको टिम अकलाले ९.४ ओभरमा पुरा ग¥यो । ओपनर सिर्जना पौडेलले ३९ बलमा सर्वाधिक ४६ रनको योगदान… पुरा पढौ

नेता रावल एमाले पार्टीबाट निस्काशित, विन्द्रा पाण्डे र उषाकिरण तिमिल्सेना ६ महिना निलम्बित

पुस १० काठमाण्डौं । नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताए । “पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि… पुरा पढौ

लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

पुष १० पोखरा । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडललाई पुरस्कृत हुने भएका छन् । लेखनाथ पत्रकार मञ्चले लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएको भन्दै पौडेललार्य सो पुरस्कार प्रदान गर्ने निर्णय गरहेको हो । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन अध्यक्ष भीमपाणि बराल सदस्य रहेका छनौट समितिले पौडेललाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ र… पुरा पढौ

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

पुस १० काठमाण्डौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो । उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो । बालबालिकादेखि युवायुवती तस्बिर खिचाउन र सेल्फी लिन व्यस्त देखिन्थे । बालबालिकालाई अभिभावकले सपिङ् मल तथा फनपार्क, चिल्ड्रेन पार्कलगायत स्थानमा लैजाँदा… पुरा पढौ

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परीक्षण हुने

पुस १० पोखरा । रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए… पुरा पढौ

पोखरा महोत्सवमा विभिन्न प्रायोजकहरु आउने क्रम जारी

पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा प्रायोजकहरु आउने क्रम जारी रहेको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखरा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालि बिच महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुटगरी महोत्सव आयोजक युनाईटेड क्लब र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक पूर्ण कुमार श्रेष्ठ बीच पोखरा महोत्सवको… पुरा पढौ

गण्डकी अटो मेकानिकलमा क्षमता विकास तालिम

पोखरा । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको आयोजनामा एक दिने नेतृत्व बिकास तथा क्षमता बिकास तालिम भएको छ । एशोसिएसनको नवनिवार्चित पदाधिकारी, सदस्य , उपसमितिमा रहेका सदस्यहरुको क्षमता विकासका लागि तालिम आयोजना गरीएको एशोसिएसनका पूर्व अक्ष्यक्ष एंव नेपाल अटो मेकानिकल व्यवसायी मंहासघका उपाध्यक्ष कुलबाहदुर नेपालीले बताए । यसअघि तालिमको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान वुद्दाचार्यले जीवनको भोगाई महत्वपूर्ण रहने हुँदा ,सिप क्षमताको विकासमा तालिमले योगदान दिने बताए । महासंघका महासचिव शोभा गौतमले अनुभवले जिवनमा ब्यवसाय संचालनमा भूमिका रहने… पुरा पढौ

प्रतिभा माविमा कक्षा प्रतिनिधिका लागि प्रशिक्षण

पोखरा, पुस १०पालिखेचोकस्थित प्रतिभा माविले कक्षा प्रतिनिधिका लागि एकदिने नेतृत्व विकास तालिम दिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये १ सय ६० जना कक्षा प्रतिनिधि (सिआर)का लागि यो कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थी मध्ये हरेक कक्षाबाट ४ जनाका दरले कक्षा प्रतिनिधि चयन गरिएको छ । तिनै विद्यार्थीका लागि नेतृत्व विकास तालिम दिइएको हो ।‘विद्यार्थीमा अन्तरनिहीन क्षमता विकास गर्नका लागि यो प्रशिक्षण… पुरा पढौ

चितवनमा भोलिदेखि ‘मह उत्सव’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना गर्ने भएको छ । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५ र ७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक… पुरा पढौ

पोखरामा बिहीबारदेखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुँदै

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक… पुरा पढौ