पुस ७ पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित टीकाराम बास्तोला स्मृति सम्मान विभिन्न शिक्षासेवी तथा समाजसेवीलाई अर्पण गरिने भएको छ । संस्थाको हालै सम्पन्न बैठकले यो वर्ष एक संस्थासहित छ जनालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यो वर्ष सम्मानित हुने स्रष्टामा शिक्षासेवी जोर्ज जोन, चतुरमान श्रेष्ठ, स्वास्थ्यसेवी प्रा.डा. देशराजबहादुर कुँवर, समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठी, धर्मराज बाँस्तोला र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल रहेका छन् । शिक्षा तथा समाजसेवी टीकाराम बास्तोलाको परिवारद्वारा स्थापित अक्षयकोषबाट हरेक…
पुरा पढौ