समाचार

प्रतीक्षा घर सञ्चालनमा आएपछि निसीखोलाका गर्भवतीलाई सहज

बलेवा । बागलुङ निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् । गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताए। “टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा… पुरा पढौ

‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ । धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीका अनुसार सातवटा वडामा एक–एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रममार्फत आठ सय १६ जना विभिन्न रोगका बिरामीले सेवा पाएका छन् । ताकममा एक सय छ, मुदीमा… पुरा पढौ

गलकोटमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण हुँदै

गलकोट । सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । रु तीन करोड ६४ लाख ६५ हजारको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो । काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ । बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छभने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम… पुरा पढौ

पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण

पर्वत । पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण सुरु भएको छ । उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको हम्पालमा पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झण्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण हुने पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गत महिनादेखि सुरु भएको पदमार्ग निर्माण छ महिनाभित्रमा सम्पन्न हुने छ । कास्कीको नयाँ पुलबाट… पुरा पढौ

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन। विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा पाण्डेले बताए । यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको… पुरा पढौ

स्याङ्जाको आँधीखोला तर्न फट्केको भर

स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् । हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए । विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह«ाथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए । “जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गथ्र्यो”,… पुरा पढौ

सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

पुस २ ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए । “स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन… पुरा पढौ

एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने

पुस २ काठमाण्डौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।… पुरा पढौ

अमेरिकी राजदुत थम्पसनले गरे सिक्लेसको अनौपचारिक भ्रमण

पोखरा । नेपालका लागि अमेरिकी राजदुत थम्सनले कास्कीको मादी १ सिक्लेसको अनौपचारिक भ्रमण गरेका छन् ।मंगलबार राजदुत थम्पसन सहितको टोलीले सिक्लेसको अनौपचारिक भ्रमण गरेका हुन् । राजदुत थम्पसन सिक्लेसमा विगत ५ महिनादेखि पिस कोर नेपालको आयोजनामा पर्यटन प्रवद्र्धनका लागि होम स्टे सञ्चालकहरुलाई अंग्रेजी भाषा प्रशिक्षणका लागि त्यहाँ रहेका क्याथलिन ( काशी )संगको भेटघाट र घुम्नका लागि पुगेका थिए । टोलीमा राजदुत थम्पसनसहित उनी पत्नी जेन थम्पसन, पिस कोर नेपालका प्रमुख ट्रोरी कोफोर्थ, पिस कोर साईट इन्चार्ज राजु कंडेल सहित लगायत… पुरा पढौ

भूपू विद्यार्थी मञ्चद्वारा मानव सेवा आश्रममा भोजन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित ९२ जनालाई लक्ष्मी नारायणहरुलाई विहानको भोजन प्रदान गरेको छ । छोरेपाटन माविका पुर्व विद्यार्थीहरु राजकुमार गुरुङ (भरत), राजेन्द्र गुरुङ, विनम गुरुङ, कविता गुरुङ, एलिसा गुरुङ र उनको परिवारले स्वर्गिय आमा जगन कुमारी गुरुङको स्मृतिमा सहयोग गरेका कार्यक्रम संयोजक मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले बताए । सो अवसरमा मञ्चका अध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष कविता गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा निवार्चित तथा मञ्चकी सहसचिव ज्योति हमाल,… पुरा पढौ