समाचार

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए । ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए। ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट… पुरा पढौ

राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई टान गण्डकीको १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति नै… पुरा पढौ

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री ओली

पुस ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो भने । “हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।”, प्रधानमन्त्री ओलीले भने, “ नेकपा एमाले र नेपाली कांग्रेस समाज… पुरा पढौ

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

पुस ३ काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उनले बालबालिकाको स्वास्थ्योपचारमा केन्द्रित उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माणमा कतार सरकारको सहयोगको अपेक्षा आफूले गरेको बताए । बालबालिकाको उपचार गर्ने देशको सबैभन्दा ठूलो अस्पतालमा सेवा विस्तार गर्न भवनसहितका संरचना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी… पुरा पढौ

पोखरामा भोलि र पर्सी फेवा सम्वाद हुने

पोखरा, पुस ३ पर्यटकीय राजधानी पोखरामा भोलिदेखी फेवा सम्वाद हुने भएको छ । त्रिभूवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा विहीबार र शुक्रबार पोखरामा फेवा सम्वाद कार्यक्रम हुने भएको हो । पोखराको पर्यटकीय केन्द्र फेवातालको नामबाट राखिएको फेवा सम्वाद कार्यक्रममा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’बारे बहस हुने जनाइएको छ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा

पुस ३ काठमाण्डौँ । जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ४० रनको विजयी लक्ष्य पच्छाएको सुदुरपश्चिम रोयल्सले १८ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदुरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ५५ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै कप्तान दीपेन्द्र सिंह… पुरा पढौ

इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेल सम्मानित

पुस ३ पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै सम्मानित गरिएको छ । आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम)को समन्वयमा गरिएको कार्यक्रममा बुधबार खकुरेललाई सम्मान गरिएको हो । मानव अधिकारको संरक्षण र प्रवद्र्धधनमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उनलाई प्रमाणपत्र र फूलमालासहित सम्मानित गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले… पुरा पढौ

पोखरा महोत्सवको बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक

पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो… पुरा पढौ

पोखरामा शनिबार ‘कृष्ण थापामगर एकल साँझ’ हुँदै

पुष ३ पोखरा । पोखरामा यही शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको हो । आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै एकल साँझको तयारीबारे जानकारी दिएको हो । यस अघि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेको संघले यही पुष ६ गते ‘कृष्ण थापामगर एकल साँझ’ को आयोजना गर्न लागेको नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले जानकारी दिइन्… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारीसमक्ष क्षेत्री समाजले राख्यो जातिय आरक्षणको खारेजीको माग

पुस ३ पोखरा । क्षेत्री समाज नेपालले पूर्वराष्ट्रपति विद्या भण्डारीसमक्ष जातिय आरक्षणको खारेजीको माग गरेको छ । बुधवार पोखरामा पूर्वराष्ट्रपति भण्डारीसँग समाजका पदाधिकारीहरुले गरेको भेटमा सो माग गरेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकिकरण, राष्ट्र, राष्ट्रियता संविधान निर्माणमा क्षत्री जाति र समाजको भूमिका सशक्त रहेको बताईन् । उनले देशलाई सबै जातिको साझा बनाउन सदभाव कायम गराउन समाजले सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिईन् । भेटका क्रममा क्षत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्णबहादुर थापाले समाजले अगाडी सारेको राष्ट्रियता जातीय सदभाव सम्वन्धमा… पुरा पढौ